इन्जिनियरहरुले स्वदेशमै निर्मित निर्माण सामाग्रीको प्रयोगबाट घर निर्माण गर्न सुझाव दिएका छन्। आजदेखि सुरु भएको ५५ औ इन्जिनियर्स दिवसको अवसरमा बोल्ने इन्जिनियरहरुले स्वदेशमै उत्पादित निर्माण सामाग्रीहरु पनि भूकम्पप्रतिरोधीमा मात्रै नभई अन्तर्राष्टियस्तरमै गुणस्तरीय रहेकाले स्वदेशी निर्माण सामाग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
दिवको अवसरमा आयोजित कार्यक्रमको पहिलो दिन प्राविधिक सेसनमा ईन्जिनियर डाक्टर जगदीशचन्द्र पोखरेल, ईन्जिनियर डाक्टर दिनेशचन्द्र देवकोटा, इन्जिनियर डाक्टर गोविन्दराज पोखरेलले भनाई राखेका थिए। उक्त समारोहमा गोर्खा इको प्यालनलगायतका निर्माण सामाग्रीका स्टलहरु राखिएका छन्।