अमेरिका अझै संसारको प्रमुख आर्थिक शक्तिका रुपमा रहेको एक अध्ययनले जनाएको छ। तर, धेरै युरोपेली देशहरूमा र क्यानाडामा चीनलाई थप आर्थिक शक्तिका रुपमा मानिएको छ। चीन लगायत अन्य उदयमान अर्थतन्त्रका चुनौती र लामो समय देखीको स्थापित प्रतिष्ठाको चुनौतीका बावजुद संयुक्त राज्य अमेरिकालाई संसारको अग्रणी आर्थिक शक्तिका रुपमा अझै हेरिएको उक्त अध्ययनले जनाएको छ।
प्यू रिसर्च सेन्टर नामक एक प्रख्यात गैर नाफा रहित सस्थाले उक्त अध्ययन गरेको हो। प्यू को अध्ययन अनुसार ३८ देशहरुमा गरिएको सर्वेक्षणमा ४२ प्रतिशतले अमेरिकालाई अग्रणी अर्थव्यवस्था भएको मूलुक मानेको छ भने चीनलाई ३२ प्रतिशतले समर्थन गरेका छन। उक्त अध्ययनले बिस्वमा अमेरिका प्रतीको धारणामा चीनले ठुलो फरक लाई धेरै कम गरिदिएको समेत जनाएको छ।
प्यू द्यारा बिहिवार जारी गरेको रिपोर्ट अनुसार्, गत वर्षको तुलनामा केहि देशहरु तथा केहि प्रमुख व्यापारिक साझेदार तथा सहयोगीहरुको नजरमा अमेरिकी आर्थिक शक्तिको वैश्विक धारणामा कमी आएको जनाएको छ्। स्पेन, फ्रांस तथा जर्मनी समेतको अध्ययनमा १० युरोपेली संघ राष्ट्र मध्य सात राष्ट्रहरुले प्रमुख आर्थिक शक्तिका रूपमा चीनको नाम लिएका छन। त्यस्तै रूस, अस्ट्रेलिया तथा क्यानाडाका बासिन्दाहरुले आर्थिक प्रभुत्वका सम्वन्धमा चीनले अमेरिकालाई उछिनेको धारणा राखेको जनाएको छ।
ल्याटिन अमेरिका, एशिया तथा अफ्रीकाका देशहरुमा गरिएको सर्भेले ऐले पनि अमेरिकालाई नै बिस्वास गरेको प्यू को रिपोर्टले जनाएको छ। अध्ययन अनुसार अधिकांश सर्वेक्षण गरिएका ती देशहरुले विश्वको अग्रणी आर्थिक प्रभुत्व कायम गर्ने मुलुकका रूपमा अमेरिकालाई नै चयन गरेका छ्न। जस मध्य आधा भन्दा बढी अमेरिकिहरुले चीन भन्दा अमेरिकालाई छानेका छ्न।
अध्ययन अनुसार दक्षिण कोरियाका धेरैले अमेरिकालाई अग्रणी आर्थिक शक्तिका रुपमा हेरेको जनाएको छ। यसको विपरीत, अस्ट्रेलियाले चीनलाई विश्वको अग्रणी आर्थिक शक्ति मान्दछ। अस्ट्रेलियाका ५८ प्रतिशत अस्ट्रेलियाइहरुले शर्भेमा उक्त विचार राखेका हुन।
सर्वेक्षणमा सहभागी भएका ५८ प्रतिशत ब्यक्तीहरुले चीनको सरकारले आफ्ना नागरिकहरुको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दैन भनेका छन्।
३८ देशहरुमा गरिएको सर्भेमा ४७ प्रतिशतले चीनका लागी सकारात्मक धारणा देखाएका छन भने ३७ प्रतिशतले चीन प्रती नकारात्मक धारणा राखेका छन। चीन र अमेरिका दुबै देशका नेताहरु ९ सि चिनफिङ तथा डोनाल्ड ट्रम्पप्रतीको नकारात्मक धारणामा एउटा समानता पाईएको उक्त सर्भेले देखाएको छ।
सर्भेमा सहभागी ५३ प्रतिशतले विदेशी कुटनितीलाई लिएर चीनका राष्ट्रपति चिनफिङलाई अविश्वास जनाएका छन भने ७४ प्रतिशतले ट्रम्प प्रती अविश्वास बिस्वास देखाएका छन्। प्रतेक ५ मध्य बाट १ जनाको धारणामा चिनफिङ प्रती कुनै राय थिएन भने सर्भेमा सहभागी भएका मध्य ८ प्रतिशतले ट्रम्पका बारेमा कुनै धारणा नराखेको जनाइएको छ।
प्यू अध्ययनको उक्त रिपोर्ट अनुसार, रुसका राष्ट्रपती व्लादिमिर पुटिनलाई चीनका राष्ट्रपती चिनफिङ भन्दा कम मन पराउछन। जर्मनी की चांसलर एंगेला मर्केल प्रती ४२ प्रतिशतले बिस्वास जनाएका छ्न। रूस र नाइजीरियाका मान्छेहरुको नजरमा चीन सबै भन्दा उच्च स्थानमा रहेको छ, ती देशका ७० प्रतिशत मान्छेहरुले चीनका प्रती सकारात्मक धारणा राखेका छ्न।
फोटो:गुगल