नेपालका लागि जापानी राजदूत माससी ओगावाले २० लाख रुपैयाँ बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई हस्तान्तरण गरे।
स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूतावासमा एक कार्यक्रममा हस्तान्तरण गरे ।
खेलकुद सामग्री हस्ताणतरण समारोहमा बोल्दै राजदूत माससीले नेपालमा स्की खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताए।
नेपालमा स्की खेल सन् २००७ बाट सुरु भएको हो । स्की हिउँमा खेल्ने चिप्लेटी खेल हो । यो खेल जापानमा लोकप्रिय छ । नेपालमा हिउँ पर्दा मनाङ र मुस्ताङमा यो खेल खेल्न सकिन्छ ।
‘भोलिका लागि खेल’ भन्ने अभियानलाई सफल पार्न जापानले विश्वमा झण्डै १०० देशमा विभिन्न खेलसँग सम्बन्धी सामग्री वितरण गर्ने नीति अघि सारेको दूतावासले जानकारी दिएको छ ।
स्की अन्तरराष्ट्रिय खेल हो । विशेष गरी जापान र उत्तर अमेरिकामा यस खेलको महत्व बढ्दै गएको छ । रासस