गत बर्ष सम्पन भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रसियाले प्रभाव पारेको भन्ने आरोपका कारण सुरु देखी नै तातेको अमेरिकि राजनीति यती बेला उग्र रुपले बिवादित बनेको छ। राष्ट्रपतिय निर्वाचनको प्रचार ताका राष्ट्रपती डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जूनियर र रसियन नागरिकका बिचको भेटघाटका बारेमा समाचार बाहिर आउन थालेपछि आफ्नो भेटघाटका बारेमा पारदर्शी बनाएको भन्दै डोनाल्ड ट्रम्प जूनियरले रसियाका नागारिकहरु सँग गरेको ईमेल बार्तालाप हिजो सार्बजनिक गरेपछि बिवादले झन ठूलो रुप लगेको छ।
राष्ट्रपतिय निर्वाचनमा रसियाले प्रभाव पारेका कारण डोनाल्ड ट्रम्पले राष्ट्रपतिपद जितेको भन्ने आरोपलाइ ट्रम्प जूनियरले सार्बजनिक गरेको ईमेलले थप पुष्टी गरेको डेमोक्रेटिकका नेताहरुले बताएका छन्। रुसी प्रकरण लगायत ट्रम्पको व्यक्तिगत स्वभाबलाई लिएर मिडियाहरुले राष्ट्रपती ट्रम्पलाई घेराबन्दी गरेका थिए। ठुला मिडियाहरु एक भएर ट्रम्प प्रशासनको कार्य शैली र उनको रुस सँगको संबन्धलाई लिएर आफ्नो अड्कल वाजी गर्दै आइरहेकान थिए।
डोनाल्ड ट्रम्प जूनियरले सार्वजनिक गरेको ईमेल बार्तालाप अनुसार ब्रिटिस पब्लिसिस्ट रब गोल्डस्टोनले आफु सँग रुस र उसको सरकारसँग ट्रम्पका लागी सहयोग हुने संवेदनशील जानकारी भएको उल्लेख गरेका थिए। तर, यस पूर्व गोल्डस्टोनले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसी सरकारको भूमिकाका बारेमा आफुलाई जानकारी नभएको बताएका थिए।
राष्ट्रपती ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जूनियरले ट्विटरमा सार्वजनिक गरेको ईमेलका अनुसार, रूसको क्राउन प्रोसिक्यूटर (रुसमा यो पद अस्तित्वमा नरहेको बताईन्छ) ले चुनावी अभियानका ताका सम्बेदनशिल जानकारिहरु आफुसँग रहेको भन्दै हिलारी क्लिन्टन र रुसका बिच लेनदेन भएको पुष्टी गर्ने कागजातहरु आफुसँग रहेकोले भेटन चाहको इमेल बताइएको थियो।
ट्रम्प जूनियरले त्यस ईमेलको जवाफमा, 'त्यस्तो काऊजातहरु तपाइसँग छ भने अवश्य आफुले भेटने भन्ने जवाफ फर्काएका थिए। हिलारी क्लिन्टन र रुसका बिच लेनदेन भएको पुष्टी हुने कागजात रुसी नागरिक मार्फत प्राप्त गर्न ट्रम्प जूनियर उत्साहित रहेको उनको उक्त ईमेलको जवाफ बाट प्रष्ट हुन्छ।
पूर्व अनुमान गरिए मुताबिक ट्रम्पका सहयोगीहरुले रुसका अधिकारीहरुसँग संवेदनशील जानकारी प्राप्त गर्ने उदेस्यले ट्रम्प टावरमा आयोजित बैठकमा भाग लिएको आरोपलाई सार्वजनिक भएको ईमेल बार्तालापले पुष्टी गरेको मिडियाहरुले बताउदै आएका छ्न। गोल्डन स्टोनले ट्रम्प जूनियरलाई पठाएको ईमेलको एक हप्ता भित्रै न्यूयोर्कमा एउटा बैठकको आयोजना भएको थियो जसमा ट्रम्प जूनियर, राष्ट्रपतिका छोरी ज्वाई जेरेड कुशनर र ट्रम्पका चुनाव अभियान समितिका तत्कालीन अध्यक्ष पल मेनाफोर्डको उपस्थिती थियो।
ईमेल सार्वजनिक गरेको एक दिन पहिले ट्रम्प जूनियरले आफुले जुन ९, २०१६ मा रसियाको वकिल नतालिया वेसेनीत्सकयासँग भेटेको ब्यहोरा मिडियालाई बताएका थिए। आफुसँग हिलारी क्लिन्टनलाई नोक्सान पुर्याउने सामाग्री भएको जानकारी रुसी वकिलले दिए पछी ट्रम्प जूनियरले ती वकिललाई भेटेका थिए।
तर्, ती वकिलसँग कुनै अर्थपूर्ण जानकारी नभएको र बरु उनिहरुले एडब्सनको कुरा उठाएका कारण आफ्नो २० मिनेट नोक्सान भएको ट्रम्प जूनियरले मिडियालाई जानकारी गराएका छन्। यस प्रकरण पस्चात रुसी वकिल नतालियाले आफुसँग हिलारी क्लिन्टनलाई नोक्सान पुर्याउने कुनै त्यस्तो जानकारी नभएको ब्यहोरा मिडियालाई स्पस्ट गर्दै भनेकी थिईन।
गत बर्षको अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार अभियान देखी नै रिपब्लिकनबाट राष्ट्रपतिय उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपती भाल्दमिन पुटिन बिचको सम्बन्धका बारेमा ब्यापक चर्चा हुँदै आएको छ। चुनावी प्रचार अभियान ताका डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी हिलाई क्लिन्टनका ईमेलहरु सार्बजनिक भएका थिए।