प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीको लागि महङ्गो गाडिको प्रस्ताव नभएको बताएका छन्। संसद बैठकमा सांसद प्रेम सुवालले उठाएको प्रश्नमा जवाफ दिँदै देउवाले भने, ‘राष्ट्रपतिका लागि महङ्गो गाडिको प्रस्ताव भएको छैन, राष्ट्रपतिलाई गाडिको आवश्यकता हुन्छ। राष्ट्रपति हाइएस्ट पोजिसनको पद हो। त्यसकारण उनका लागि सुरक्षा व्यवस्था गर्नुपर्ने र त्यस्तै किसिमको गाडि किन्नुपर्ने अवस्था आउन सक्दछ। तर त्यो चाँही उहाँको सुरक्षा व्यवस्था र राष्ट्रपतिले चढ्ने गाडि राम्रो र सुरक्षित होस् भन्ने चाहाना राख्नु स्वभाविक कुरा हो जस्तो लाग्छ।’
सुवालले राष्ट्रपतिलाई १६ करोड रुपैयाँको गाडि किन्ने भए प्रधानमन्त्रीलाइ १५ र मन्त्रीहरुलाई १४ करोड रुपैयाँको गाडि आवश्यक हुन्छ भनेर सोधेका थिए।
देउवाले राष्ट्रपतिलाई गाडि आवश्यक रहेको र सुरक्षाका लागि त्यस्तो किसिमको गाडि आवश्यक हुने बताए। तर महङ्गो गाडिको प्रस्ताव नआएको उनले स्पस्ट पारे।
https://www.youtube.com/watch?v=QFfxyFbP2S8