नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले पराजय व्यहोर्नुमा काग्रेसबाटै खुल्ला रुपमा घात भएको बताएका छन्। पोखरा लेखनाथ महानगर पालिकामा कांग्रेबाट विजयी जनप्रतिनिधिलाई सम्मान गर्दै उनले कांग्रेसमा यस पछि अन्तर्घात मात्रै हैन देखिने गरि खुल्लै रुपमा घात भएको बताए। उनले पार्टीमा घात गर्ने र पार्टी कमजोरको समीक्षा गरेर पार्टी अगाडी बढ्नु पर्ने बताए ।
उनले पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई कमजोर बनाउँदै जानु चिन्ताको विषय बनेको बताए।
नेता पौडेलले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका भावनालाई आत्मसात् गरी पक्षपातरहित रुपमा समस्याको समाधान गर्न र सामाजिक विकासमा क्रियाशील बन्न आग्रह गरे ।
नेता पौडेलले कांग्रेसको विकल्प कांग्रेसभित्रै खोज्ने कि जनतालाई बाहिर खोज्न पठाउने भन्ने कुरा निक्र्योल हुनुपर्ने बताए । ‘अब सचेत हुनुपर्छ । सभापति देखि पार्टीका सबै नेतालाई भनेको छु कि कांग्रेसको विकल्प कांग्रेस भित्रैबाट खोज्ने हो कि जनतालाई खोज्न बाहिर पठाउने हो ? त्यसको निधो हुनुपर्छ,’ पौडेलले भने । उनले बिपक्षीले के कुरालाई लिएर हामी माथि आक्रमण गरे ? बिपक्षीको कुन एजेन्डाले कांग्रेसलाई कसरी पछाडी पा¥यो यो सबैको समिक्षा हुनुपर्छ । ’ नेता पौडेलले भने।