भारतीय टेलिभिजनको दुनियाँमा नयाँ उचाइ छोएका कपिल शर्माको जीवनमा पछिल्ला केही समय कठिन पलहरु आए। उनले चलाइरहेको कपिल शर्मा सो बन्द हुने वा चल्ने समेत टिप्पणीहरु चले। यसैबीच सहकर्मीसँग भएको झगडाका कारण उनको सो लाई ठूलै धक्कासमेत लाग्यो। यद्यपी उनको पृष्ठभूमि के हो भनेर थोरैलाई मात्र थाहा हुन सक्छ। आखिर के हो त हामीमध्ये धेरैलाई थाहा नभएको कपिल शर्माको भित्री कुरो?
कपिलले आफ्नो जीवनमा धेरै संघर्षका दिनहरु विताएका छन्। उनको नजिकका मित्र अम्रित प्रतिपाल सिंहले उनीबारे केही कुरा सार्वजनिक गरेका छन् जसलाई भारतीय मिडियाहरूले यसरी प्रस्तुत गरेका छन्।
यस्तो छ कपिलको पारिवारिक पृष्ठभुमिमध्यम वर्गिय परिवारमा जन्मिएका कपिलको घरमा बोलाउने नाम टोनी हो। कपिलको जन्म सन् १९८१ मा अप्रिल २ मा पंजावको अमृतसारमा भएको थियो। कपिलका पिता प्रहरीमा जागिरे थिए भने आमा गृहणी थिइन्। कपिलको एउटा भाइ आलोक शर्मा र एउटी बहिनी पूजा शर्मा छिन्।
सुटिङ सेटमा कपिलको को-स्टारको मृत्युकपिल शर्मा पंजावमा अपकमिङ फिल्म ‘फिरंग’ को सुटिङमा व्यस्त रहेका छन्। सुटिङको दौरान केही दिन अघि उनको को-स्टार किशोर कुमारको सेटमा मृत्यु भएको थियो। कपिलले केही नसोची सिधै किशोरको लाशलाई अमृतसार लिएर गएका थिए। उनले किशोरको परिवारलाई सान्तवना दिने काम गरेका थिए। यहाँसम्मकी किशोरको बच्चाहरुको पढाइको जिम्मा समेत आफैले लिएका थिए।
अधिकांश समय साथीहरूसँगअमृतसारका पुराना साथीहरुसँग समय बिताउन कपिल निकै रुचाउँछन्। कपिललाई आफ्नो पुरानो बाइक बुलेट चलाउन मनपर्छ । लेट नाइटसम्म साथीहरुसँग समय बिताउन उनलाई मनपर्छ । कपिल अझै पनि कलेज फ्रेड्स र थिएटरका साथीहरुसँग टचमा रहेका छन् । कपिल आफ्नो प्लानमा साथीहरुलाई प्राथमिकतामा राख्ने काम गर्छन् । जब कपिल आफ्ना साथीहरु वा परिवारसँग हुन्छन् उनी आफ्नो मोबाइल अफ गर्छन्।
कपिलको पिताको मृत्यु क्यान्सरका कारण भएको थियो । सायद त्यही भएर हुनसक्छ क्यान्सर पीडितको उनी मद्दत गर्न खोजिरहन्छन्। त्यस्तै क्यान्सर पीडितहरुको अन्तिम इच्छा पुरा गराउन समेत उनले कोशिश गर्छन्।
कपिल शर्मालाई सिम्पल लाइफ जिउन मनपर्छ। त्यही कारणले पनि उनी धेरै कार्यक्रममा जाँदैनन्। उनी आफ्नो लाइफस्टालको पनि त्यति वास्था गर्दैनन्।
कपिललाई भेदभाव गरेको व्यवहार मनपर्दैन । सबैलाई समान सम्मान गर्नुपर्छ भन्ने मान्यता लिन्छन्।
सेटमा काम भइरहँदा उनी त्यतिकै बस्दैनन्। आफ्ना साथीहरुलाई उनी विभिन्न तरिकाले मदत गर्छन्। कहिलेकाँही आफ्ना सेटका साथीहरुसँग पैसाका कारण काम रोकिएको थाहा पाउँछन् उनी स्वयम् भेट्न गएर उनीहरुको मद्दत गर्छन्। दिएको पैसा पनि फिर्ता लिदैनन्। आफूले कमाएको पैसा सदैव राम्रो काममा खर्च भएको उनी देख्न चाहान्छन्।
सेलिब्रिटी भएपछि धेरै विदेशी खाना खान रुचाउँछन् तर उनी भने देशी खाना खान रुचाउँछन्। कपिलले धेरैपटक आफ्नै साथीहरुको टिफिनको खाना खाएका छन्। सुटिङका दौरान आफ्नो खाना साधारण होस् भन्ने उनी चाहान्छन् । उनी साधारण होटलबाट खाना अर्डर गर्छन्।
कपिल आफ्नो जन्मदिनलाई त्यति महत्व दिदैनन्। आफूलाई हालसम्म उनले सपिङ पनि गरेका छैनन्। कपिललाई बाटोमा रहेका पसलमा गएर टिसर्ट किनेर लगाउन समेत कुनै आपत्ति लाग्दैन।