विराटनगर महानगरपालिकाका मेयर पदमा नेकपा एमालेका प्रत्यासी विनोद ढकालको वडामा झिनो मतअन्तरले एमालेका मीनकुमार आचार्य विजयी भएका छन्।
विहिबार सार्वजनिक नतिजाअनुसार मीनकुमारले ४८ मतले नेपाली कांग्रेसका उद्धव कोइरालालाई पराजित गरेका हुन्। मीनकुमारले ११६५ र उद्धवले १११७ मत प्राप्त गरेका हुन्। बाँकी सबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
यस्तै, संघीय समाजवादी फोरमको मेयर पदका उम्मेदवार उमेश यादवको १५ नम्बर वडामा उनकै पार्टीका सलाम आलामको प्यानल विजयी भएको छ। आलमले २८२ मतअन्तरले कांग्रेसका दिगाम्बर श्रेष्ठलाई पराजित गरेका हुन्। आलमले १२८२ र श्रेष्ठले १ हजार मात्र मत प्राप्त गरे।