नेपाली कांग्रेसको गढ मानिने मोरङमा माओवादी केन्द्र ऐतिहासिक विजय नजिक पुगेको छ। नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको पुरानो संसदीय क्षेत्र रंगेलीमा माओवादीका उम्मेदवारले मेयर पद जित्ने निश्चित भइसकेको छ। परिणाम मात्र आउन बाँकी छ। यही क्षेत्रबाट जितेर गिरिजाप्रसाद ३ पल्ट प्रधानमन्त्री नियुक्त भएका थिए। अन्तिम परिणाम सार्वजनिक हुन बाँकी हुँदा माओवादीका दीलिपकुमार बगडिया (अग्रवाल) १ हजार मतले अन्य प्रतिस्पर्धीभन्दा अगाडि छन्।
विहान ८ बजेको मत परिणाम सार्वजनिक हुँदा दीलिपले नेपाली कांग्रेसका प्रतिद्वन्दी मोदराज घिमिरेलाई १ हजार ७ सय ९८ मतले पछि पारेका थिए। दीलिपको ७ हजार ९ सय ९५ मत छ। मोदराजले ६ हजार १ सय ९७ मत प्राप्त गरेका छन्।