उत्तर कोरियाले लामो दुरीको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। मंगलबार बिहान ९ बजेर ४० मिनेट जाँदा उत्तरी प्योंङ्याङदेखि पूर्वी समुद्रमा उक्त लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन्।
Hwasong-14 नामक उक्त क्षेप्यास्त्र २ हजार ८ सय २ किलोमिटरको उचाई बाट ९ सय ३३ किलोमिटर दुरी पार गरि पूर्वी समुद्रमा खसेको दक्षीण कोरियाली रक्षा अधिकारीहरुले बताएका छन्। समुद्रमा खस्नुअघि करिब ३९ मिनेट आकाशमा उढेको बताइएको छ।
आणविक हतियारसम्बन्धी विज्ञहरुका अनुसार सो परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने खालको रहेको भनेका छन्। यसअघि उत्तर कोरियाली नेता किम जोन उनले आफूहरू अमेरिकासम्म मार हान्न सक्ने खालको मिसाइल परीक्षणको तयारीमा रहेको बताउँदै आएका थिए।
दक्षिण कोरियाली रास्ट्रपति मुन जे इन अमेरिकाको भ्रमण पछि स्वदेश फर्किएलगत्तै उत्तरले गरेको यो परीक्षणलाई दक्षिण कोरियाले थप सुरक्षा चुनौतिको रुपामा लिएको छ। परीक्षणको खबर लगत्तै राष्ट्रपति मुन जेइनले राट्रिय सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएका छन्। अमेरिकाको भ्रमणको क्रममा रास्ट्रपति मुनले उत्तरसँगको वार्तालाई निरन्तरता दिने बताएका थिए। उत्तरले भने दक्षिण कोरियाले अमेरिकाको चाप्लुसी गरिरेको आरोप लगाउँदै आइरहेको छ। त्यस्तै अमेरिकी रास्ट्रपति डोनाल्ट ट्रम्पले उक्त परिक्षणलाई ट्वीट मार्फत अर्थहिन भनेका छन्।
जापानी उच्च सुरक्षा अधिकारीले क्षेप्यास्त्र २५ सय किलोमिटरको उचाई भन्दा माथिबाट आफ्नो आर्थिक क्षेत्रमा खसेको दाबी गरेका छन्।
त्यस्तै यो परीक्षणलाई उत्तर कोरियाली सञ्चारमध्यम हरुले शक्तिशाली र सफल भनेका छन्।