एनसेलले सबै प्रिपेड तथा पोस्टपेड ग्राहकलाई एक नयाँ रोचक भ्यालु एडेड सर्भिस प्रदान गर्न थालेको छ। ‘म्याजिक भ्वाइस’ सेवा अन्तर्गत एनसेलका सबै ग्राहकले साथीभाई तथा परिवारसँग कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ।
आफ्नो आवाज परिवर्तन गरी कार्टुन क्यारेक्टर, पुरुषले महिला वा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन्। यसका साथ, साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न सक्ने एनसेलका कर्पोरेट सम्वाद विज्ञ मिलन शर्माले जानकारी दिए।
यो सेवा आईभिआरमा आधारित भएकोले जुनसुकै मोबाइल सेटबाट सजिलै प्रयोग गर्न सकिने उनले बताए।
म्याजिक भ्वाइस सेवा आज सोमबारबाट लागू भएको कम्पनीले जनाएको छ। एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नवीकरण हुने गरी सुचारु गर्न सक्नेछन्।
एनसेलका अनुसार ग्राहकले कर सहित २ रुपैयाँमा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्ने र साप्ताहिक रुपमा सुचारु गर्न कर सहित १० रुपैयाँ लाग्नेछ।
यसका लागि एस्ट्रिक्स१७१३५ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्ने बताइएको छ।
त्यस्तै एसएमएस मार्फत सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि१’ र स्वतः नवीकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभी’ लेखी १७१३५ मा पठाउनु पर्नेछ।
त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७एमभि१’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ।
सेवा सुचारु गरेपछि एनसेलका ग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशन अनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् भने ४, ५, ६ वा ७ प्रेस गरी आफूले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजा लिन सक्नेछन्। यो सेवा अन्तर्गतको म्याजिक भ्वाइस तथा ब्याकग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमा फर्कन सक्नेछन्।
‘यो रोचक सेवाले प्रयोगको अनुभव अभिवृद्घिमा योगदान गर्नेछ। मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याकग्राउण्ड साउण्डहरु थप्दै लैजानेछौँ एनसेलका कर्पोरेट संवाद विज्ञ शर्माले भने।
यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवा निष्कृय गर्न अङ्ग्रेजीमा ‘युएनएसयुबि एमभि’ (सुरुको यु र एमभि ठूलो अक्षरमा) लेखी १७१३५ मा एसएमएस पठाउन सक्नेछन्।