अमेरिकाको जर्सी शहरमा बसोबास गरेका नेपालीहरुको सम्मानमा जर्सी सिटीका मेयर स्टेभन फुलपले अमेरिकाको झण्डा सहित नेपालको झण्डोत्तोलन गरे । गत जुन ३० तारिखका दिन आयोजीत उक्त नेपाली फ्लाग रेजिंग डे कार्यक्रम जर्सी नगर भवनमा सम्पन भएको थियो ।
जर्सी सिटीमा सम्पन्न नेपालको झण्डा फहराउने कार्यक्रममा जर्सी सिटीका मेयर स्टेभन फुलप, जर्सी सिटी डाईभर्सिटी तथा इनक्लुजन बोर्ड सल्लाहकार डा विष्णु माया परियारका साथै नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई लगायत जर्सी बासी नेपालीहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा जर्सी सिटीका मेयर स्टेभन फुलपले नेपाली मूलका ३ जना व्यक्तित्वहरुलाई सम्मान गरेका थिए। सम्मान पाउनेमा खगेन्द्र जिसी (वकिल), केशबराज सेढाई (वकिल) र ऐश्वर्या शर्मा (यूवा नेत्री ) भएको आयोजकले जनाएका छ्न ।
यस अघी फिलाडेल्फिया नगरले सन २०१० मा नेपाली बासिन्दाहरुको सम्मानमा पहिलो पटक नेपालको झण्डोत्तोलन गरिएको जनाइएको छ । त्यस पछी जर्सी सिटी झण्डा फहराउने दोश्रो अमेरिकि शहर बनेको छ ।
उक्त झण्डोत्तोलनमा नगर भवनमा राहिएको एउटै खम्वामा सबै भन्दा माथी अमेरिकाको र त्यसको मुन्तिर नेपालको राष्ट्रीय झण्डा उठाइएको थियो । उक्त कार्यक्रम पस्चात नेपालको झण्डा किन समानान्तर राखिएन र एउटै खम्वामा अमेरिकाको झण्डाको मुन्तिर नेपालको राष्ट्रीय झण्डा उठाईयो भन्ने कुराहरु पनि सुनिए । यस संबन्धमा कार्यक्रममा सहभागी भएका महावाणिज्यदूत पुष्पराज भट्टराईसँग सम्पर्क गर्दा - आयोजकको अनुरोधमा आफु कार्यक्रममा सहभागी भएको तर झण्डा कसरी राखिने र उचालिने भन्ने राजदुतावास सँग सल्लाह नभएको र आफुले कार्यक्रममा गए पछी मात्र झण्डात्वलोन कार्यक्रम अवलोकन गरेको बताए । यस प्रकारको सम्मानमा अमेरिकाले गर्ने फ्लाग रेजिंग डे नेपालीहरुका लागी नौलो भएको र अमेरिकाको प्रचलित झण्डोत्तोलन प्रोटोकलका बारेमा जानकारी नभएको ब्यहोरा नेपाली महावाणिज्यदूत भट्टराईले बताए ।
यो एउटा सम्मान कार्यक्रम भएको र नगर भवनमा सधैको लागी नभएर सम्मान कार्यक्रम अवधीका लागी मात्र नेपालको झण्डा राखीएको हुन सक्ने नेपाली महावाणिज्यदूत भट्टराईले बताए । तर, दुई देश बिचको कुटनितिक सभा समारोह जस्ता कार्यक्रममा भने दुबै देशका झन्डाहरु अलग अलग खम्बामा समानान्तर राखीने परम्परा रहेको समेत महावाणिज्यदूत भट्टराई बताउछ्न।
यस्ता सम्मान कार्यक्रमहरुमा अमेरिकाले अन्य मूलुकका झण्डालाई कसरी राख्दछ्न्र र त्यसको प्रोटोकल के हो, अध्ययन गर्नु पर्ने जानकारहरु बताउछ्न ।
तस्विर: खसोखास