दोस्रो चरण अन्तर्गत प्रदेश नं १, ५ र ७ मा ३५ जिल्लामा भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा अहिले एमालेले अग्रता लिएको छ ।
अहिलेसम्म प्राप्त मतपरीणाम अनुसार नेपाली काँग्रेसलााई उछिन्दै प्रमुख पदमा नेकपा एमालेले ४९ ठाउँमा अग्रता लिएको छ। नेपाली काँग्रसले ४८ ठाउँमा अग्रता लिएको छ। यसैगरि माओवादी केन्द्रले २१ स्थानमा अग्रता लिएको छ।
प्रदेश नं १ मा एमालेले १९ स्थानमा अग्रता लिएक छ भने काँग्रेसले १८ स्थानमा अग्रता लिएको छ। यसैगरि प्रदेश नं ५ मा काँग्रेसले १६ स्थान र एमालेले १५ स्थानमा अग्रता लिएको छ। प्रदेश नं ७ मा एमालेले १५ र काँग्रेसले १३ स्थानमा अग्रता लिएको छ।
माअोवादी केन्द्रले क्रमश प्रदेश नं १,५ र ७ मा ४, ९ र ८ स्थानमा अग्रता लिएको छ।
असार १४ गते बुधबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाताले मतदान गरेका थिए। ३३४ वटा स्थानीय तहमा भएको निर्वाचनको मतपरिणाामा आउने क्रम जारी छ।