एनसेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ।
यस ‘पहिलो सिम’ योजना अन्तर्गत एनसेलले तयारी कक्षा संचालन गर्ने १६ वटा ब्रिज कोर्स इन्स्टिट्युटहरुका ३÷३ जना उत्कृष्ट विद्यार्थीहरु गरी ४८ जनालाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई ५ हजार रुपैयाँ प्रदान गरेको हो। आफ्नो प्रतिबद्धता अनुरुप, एनसेलले योग्यता पुगेका अरु थप विद्यार्थीहरुलाई पनि यो योजना रहुञ्जेल आंशिक छात्रवृत्ति प्रदान गर्दै जाने जनाएको छ।
ब्रिज कोर्स इन्स्टिट्युटहरुले विभिन्न समयमा लिएको आन्तरिक परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरु आंशिक छात्रवृतिका लागि छानिएका हुन् । २०७३ सालका एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै एनसेलले ‘पहिलो सिम’ योजना अन्र्तगत उत्कृष्ट विद्यार्थी छनोट तथा छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न ब्रिज कोर्स इन्स्टिट्युटहरुसँग सहकार्य गरेको छ।
असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्छन् र माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन्।