मदिरा सेवन गरि मतदान केन्द्रको सुरक्षाका लागि खटिएको पाइएपछि प्रहरीले दाङका दुई प्रहरी हवल्दारलाई निलम्वन गरेको छ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि दाङको तुलसीपुर क्षेत्रका बुथमा खटिएका दुई प्रहरी हवल्दार मदिरा खाएको अवस्थामा फेला परेपछि निलम्वित गरिएको दाङका प्रहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
दाङमा प्रहरीले असार आठदेखि एक साताको लागि मदिरा जन्य बस्तु विक्रि वितरण र सेवनमा प्रतिवन्ध लगाउँदै आएको छ। सर्वधारणलाई मदिरा विक्रि वितरण गर्न र सेवनमा रोक लगाएको अवस्थामा मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरी स्वएंले मदिरा सेवन गरि प्रहरी आचरण विपरीत गरेको हुँदा निलम्वित गरिएको एसपी सिंहले बताए।
निर्वाचनको अनुगमनमा खटिएका दाङका प्रहरी प्रमुख एसपी सिंहले प्रहरी हवल्दार विरबहादुर कुँवर र प्रेम डाँगीलाई पदवाट निलम्वन गरेका थिए। उनीहरु दुबै जना राप्ती अञ्चल प्रहरी गुल्म तुलसीपुरमा कार्यरत छन्।