पाकिस्तानमा आइतबार बिहान इन्धन बोकेको ट्यांकर दुर्घटनामा परी मर्नेको संख्या १५७ पुगेको छ।
चालकले नियन्त्रण गुमाउँदा कराँची को दक्षिणी पोर्टबाट पञ्जाबको राजधानी लाहोर जाँदै गरेको ट्यांकर बाहावालपुर नजिकै दुर्घटना भएको थियो।
दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको इन्धन संकलनका लागि स्थानीय त्यहाँ जम्मा भएका थिए। त्यसैक्रममा ट्यांकरमा आगो लागेपछि धेरै संख्यामा मानिसहरुको मृत्यु भएको हो।
मुल्तनस्थित निस्तर अस्पतालका डा. नाहिद अहमदले सोमबारसम्ममा मृतकहरुको संख्या १५७ पुगेको र जलेका थप ५० को उपचार भइरहेका बताएका छन्।
इद अलफित्रको पूर्व सन्ध्यामा भएको यस दुर्घटनाले त्यहाँ सबैलाई मर्माहत बनाएको छ।