दाङको तुलसीपुर उपमहानगरपालिमा प्रमुख तीनदलका केहि केन्द्रस्तरीय नेताहरुले प्रतिष्ठाको लडाई बनाएका छन्।
ती नेताहरु चुनावी सभा र घर दैलो कार्यक्रममा आँफै खटिएका छन्।
तुलसीपुर उपमहानगरका लागि काँग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी, एमालेका घनश्याम पाण्डे र माओवादीका शेशुराम भण्डारी छन्।
उनीहरुको जितहार केन्द्रिय नेताहरुको प्रतिष्ठाको लडाँइ बनेको छ।
कांग्रेसका दीपक गिरी, एमालेका शंकर पोखरेल त तुलसीपुरमै बसेर चुनावी प्रचारप्रसार गरिरहेका छन्। माओवादीका शीर्ष नेता कृष्णबहादुर महरा पनि बेलाबेला आएर यहाँका कार्यक्रममा सहभागी भएका छन्।
कांग्रेसका मेयर गिरि र उपमेयरमा देवीका नेपालीको पक्षमा माहोल तयार पार्न केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, सांसद बुद्धिराम भण्डारी, डिल्लीबहादुर चौधरीलगायत जिल्ला नेतृत्व पुरै खटिएको छ ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली केही दिन बसेर काठमाडौँ फर्किए, तर स्थायी कमिटी सदस्य शंकर पोख्रेल भने खटेर लागेका छन् । उनी आफ्ना पार्टीका मेयर पदका उम्मेदवार घनश्याम पाण्डे र उपमेयर माया आचार्यको पक्षमा माहोल निर्माण गर्न लागि परेका छन् । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्कादेखि पुरै नेतृत्व तुलसीपुरमै केन्द्रित भएको छ । ०५४ सालमा मेयर उपमेयर जितेको एमालेले फेरि त्यही इतिहास दोहर्याउने प्रयासमा छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार शेशुराम भण्डारी र उपमेयरकी उम्मेदवार सीता वलीको पक्षमा जनमत जुटाउन माओवादीका शिर्ष नेताहरु पनि तुलसीपुरमै खटिदै आएका छन्। महरा आएर फर्के लगतै आइतवार (आज) गृहमन्त्री जर्नादन शर्मा प्रभाकर तुलसीपुरमा आएर माहोल सृजनागर्ने प्रयासमा छन्। यहाँको अरनीको मैदानमा आयोजित चुनावी सभालाई उनले आज दिउँसो सम्बोधन गर्ने छन्।
उनीहरुले आफ्ना पक्षमा माहोल निर्माण गर्न दैनिक दर्जन बढी सभालाई सम्बोधन गर्ने देखि घरदैलो कार्यक्रममा समेत सहमागी हुने गरेका छन्।
नाच्दै गाउँदै मत माग्दैआजै मध्य रातदेखि शुन्य समय सुरु हुने भएकोले दलहरुले आजको दिनलाई भरपुर सदुपयोग गर्न विभिन्न आकर्षक कार्यक्रमका साथ घरदैलो गरिरहेका छन्। सयौं संख्यामा युवा युवती सहभागी गराएर नाच्दै गाउँदै नेपाली काँग्रेसले तुलसीपुरमा भोट मागिरहेको छ। अघिअघि डिजेमा घन्किएका पार्टीको गीतमा पछिपछि कार्यकर्ता नाच्दै गाउँदै घर दैलोमा सहभागी भएका छन्। त्यसको पछिपछि उम्मेदवारहरुले भोट माग्दै हिडेका छन्। काँग्रेसको घैर दैलोलाई तुसीपुर नगबासीले घरको छतवाट पानी छर्केर स्वागत समेत गरिरहेका देखिन्थ्यो। काँग्रेसका उम्मेदवारले अरुको तुलनामा निकै ढिलागरि टिकट पाएका थिए । अन्य सबैदलले यसअघि नै घर दैलो सकिसकको हुँदा काँग्रेसलाई निकै चटारो छ।
नेकपा एमाले भने आइतवार ग्रामिण भेगमा घरदैलो गरिरहेको छ । मेयरका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को बनहरीमा घर दैलो गरिरहेको जानकारी दिए। माओवादी केन्द्रका शेशुराम भण्डारीले अन्तिम दिन तुलसीपुरमा चुनावी सभा आयोजना गरेको बताए। जस्लाई माओवादी नेता एवं गृहमन्त्री दर्नादन शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पार्टीका चिन्हले रंगित तुलसीपुरयसैबीच निर्वाचन आचार संहिता विपरित प्रमुख प्रतिपक्षी मानिएका नेपाली काँग्रेस र नेकपा एमालेले बजारै भरि ध्वजा पताका, पार्टीका झन्डा र चुनाव चिन्हले रंगित तुल्याएका छन्। तुलसीपुर बजारका हेरक प्रमुख चोकहरु काँग्रेस र एमालेका झन्डाहरुले पुरै झिलिमिली पारिएको छ।