विदेशी पर्यटकको लागि कोरियाको राजधानी सोल विश्वकै छैठौं महँगो सहर बनेको छ। ग्लोबल ह्युमन रिसोर्सले गरेको एक सर्वेक्षण अनुसार विश्वका सबैभन्दा महंगा सहर मध्ये गत वर्ष १५औं स्थान ओगटेको राजधानी सोल यो वर्ष छैठौ स्थानमा परेको हो।
रिसोर्सले विश्वका ४ सय सहरमा त्यहाँको खानाको मूल्य, कपडा, सार्वजनिक यातायातको भाडा, घर भाडा, होटल तथा रेस्टुरेन्टको मूल्य, मनोरञ्ज लगायत गरी २ सय वटा विधामा तुलनात्मक अध्यन पछि उक्त रिपोर्ट सार्वजनिक गरेको हो।
रिपोर्ट अनुसार विश्कै सबैभन्दा महंगो सहरको रुपमा अफ्रिकी राष्ट्र अंगोलाको राजधानी लुआन्डाले प्रथम स्थान ओगटेको छ। जहाँ २ वटा बेडरूम भएको एउटा अपार्टको मासिक भाडा ६ हजार ५५ अमेरिकी डलर छ भने एउटा ह्याम्बर्गरको मूल्य झन्डै १५ डलर छ।
त्यस्तै टप टेन महंगा सहरमा कोरियाको राजधानी सोल, हङ्कङ्ग, टोकियो, सिंगापुर, जेनेभा, सांघाई, न्युयोर्क आदि रहेको समेत अध्यन रिपोर्टले देखाएको छ।