भूकम्प गएको दुई वर्षभन्दा बढी भइसक्दा बल्ल देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारलाई छोपछाप पार्न थालिएको छ। सिंहदरबारको पश्चिमतर्फको भाग संरक्षण गर्न गठित कार्यान्वयन उपसमितिले पहिलो काम भवनको सम्पूर्ण भाग छोप्ने र स्काफोल्डिङ गर्न लागेको हो। शहरी विकास तथा भवन निर्माण विभागले भत्काउने तयारी गरिरहेको अवस्थामा कार्यान्वयन उपसमितिको बैठकले तत्कालका लागि घाम–पानीबाट जोगाउन छोप्ने र फलामको खट बाँध्ने काम शुरू गरेको हो।
सिंहदरबारलाई रेक्ट्रोफिट गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने? भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन।
शुक्रबार बसेको उपसमितिको बैठकले राष्ट्रको मुख्य सम्पदा भएकाले यसलाई बचाइराख्न हरसम्भव प्रयास अनुसार छोपिएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलले उपसमितिको बैठकले सिंहदरबार संरक्षण गर्न प्राधिकरणले जस्तोसुकै कदम चाल्ने बताएका थिए, ‘मुख्य प्रशासनिक भवनलाई सकभर रेक्ट्रोफिट नै गरिनेछ। नभए इन्जिनियरको विशेष समितिले दिएको प्रतिवेदनका आधारमा थप काम अघि बढाइनेछ,’ पोखरेलले भने।
हेर्नुहोस् तस्बिरमा