नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजले जेडटिइ ब्लेड ए२ प्लस स्मार्टफोन बजारमा ल्याएको छ। उच्चतम मेमोरी र उत्कृष्ट ब्याट्री ब्याकअप चाहनेको लागि जेडटिइ ब्लेड ए २ प्लस लक्षित गरिएको छ।
यसमा ४ जिबी र्यामको प्रयोग गरिएकाले फोन द्रुत गतिमा चल्नुका साथै ठूलो गेम खेल्न, वेब ब्राउजिङ गर्न तथा मल्टि टास्किङ स्मार्टफोन उपयुक्त रहेको कम्पनीले जनाएको छ। ३२ जिबीको इन्टर्नल स्टोरेजलाई १२८ जिबीसम्मको एसडीकार्ड प्रयोग गरेर बढाउन सकिने सुविधा रहेको छ। स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टा–कोर मिडियाटेक एमटि ६७५० टि प्रोसेसर प्रयोग गरिएको छ।
यसैगरी, ब्लेड ए२ प्लसको अर्को शक्तिशाली फिचर भनेको यसमा प्रयोग भएको ५ हजार एमएएचको नन रिमुभेबल ब्याट्री हो। ठूलो क्षमताको ब्याट्री ब्याकअप चाहनेका लागि यो स्मार्टफोन उत्कृष्ट रोजाइमा पर्ने कम्पनीको दावी छ।
यसमा ओटिजी रिभर्स चार्जिङ प्रविधि पनि प्रयोग गरिएको छ, जसले चाडै व्याट्री चार्ज हुनेछ। ब्लेड ए२ प्लसमा ५.५ इन्चको एचडी डिस्प्ले, १०८०×१९२० पिक्सेल रेजोेलुशन, र ४०१ पिक्सेल डेन्सिटी रहेको छ।
फोनमा १३ मेगापिक्सलको रियर पिडिएपएफ र सेल्फीका लागि ८ मेगाफिक्सलको क्यामेरा प्रयोग गरिएको छ। क्यामेरामा ०.३ फेज–डिटेक्सन अटो–फ्ल्यास, ०.३ सेकेन्डमा एकुरेट फोकसिङ, पानोरोमा सेल्फीजस्ता फिचरहरु रहेका छन्। पानोरोमा सेल्फी फिचर भएकाले वाइड–एङ्गल तस्विरहरु लिन सकिन्छ। यसको मूल्य २३ हजार ९ सय रुपैयाँ रहेको छ।