खाना पकाउने एल.पी.ग्याँसको आपूर्ति गर्दै आएका नेपाली ग्याँस उद्योगहरुको छाता संगठन यस नेपाल एल.पि.ग्याँस उद्योग संघले माग पुरा गर्न आयाल निगमलाई अल्टिमेटम दिएको छ। गत फागुनमा व्यवसायीहरुले राखेका मागहरु असार १५ गतेभित्र पुरा गर्न सं३ले अल्६िमे६म दिएको हो।
आयल निगमले स्वीकृत गरेर निर्माण भइसकेका ग्यास बुलेटहरु तत्काल संचलनमा ल्याउने वातावरण बनाउन उनीहरुले आयल निगमको ध्यानाकर्षण गराएका छन्। गएको असरदेखि हालसम्म ७७५ थान बुलेटको लागी नेपाली ग्याँस उद्योगहरुलाई स्वीकृति प्रदान गरिएको र करिव ४०० थान नेपाली बुलेटहरु निर्माटा भएपनि भारतीय एक्स्कुलिसिभ प्रमाण पत्र प्राप्त हुन नसक्दा करिव ९ महिना देखि भारतमै थन्किएको उनीहरुले बताएका छन्।
हाल ३ अर्बको लगानी रहेको अझै छ अर्ब रुपैया लगानी हुने क्रममा रहेपनि लगानी अलपत्र परेको संघको गुनासो रहेको छ।
संघले विज्ञप्ती जारी गरी नेपाल आयल निगमको नीति अनुरुप नेपाली ग्याँस उद्योगहरुले ढुुवानीका लागि नेपाली नम्बरका बुलेट आयात र निर्माण भएका कारण २०१७ नोभेम्बर महिना पश्चात भारतीय ग्याँस ढुवानी कम्पनीबाट ग्याँस ढुवानी नगर्ने सहमति भैसकेको भएपनि हालसम्म त्यसको सहजीकरण नगरिएको बताइएको छ।
‘तत्काल १७ बुँदे माग पुरा गर्नुका साथै नेपाली नम्बरका बुलेट संचालनार्थ समाधानका लागी आवश्यक पहल गर्न सम्बन्धित निकायहरुमा गम्भिर ध्यानाकर्षण गराईन्छ’ विज्ञप्तीमा भनिएको छ,‘अन्यथा मिति २०७४ असार १६ गते पश्चात बाध्यात्मक रुपमा ग्याँस उद्योगहरुबाट आपूर्ति हुन नसक्ने व्यहोरा सम्बद्ध निकायहरु तथा आमउपभोक्ताहरुमा सहर्ष जानकारीको लागी अनुरोध गरिन्छ।’