कोरियाका ठूला कम्पनीमा काम गर्न आएका विदेशी महिलाहरू आफ्नै पुरूष सहकर्मी तथा कम्पनीका उच्च पदमा रहेका ब्यक्तिबाट यौन दुर्व्यवहारमा पर्ने गरेको तथ्य खुलासा भएको छ।
कोरियाको राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक सर्वेक्षण अनुसार अधिकांश विदेशी महिला कामदार बिभिन्न किसिमले यौन दुर्व्यवाहारमा पर्ने गरेको तथ्य खुलेको हो।
आयोगले ३ सय ८५ महिला कामदारमा गरेको एक सर्बेक्षणमा ११.७ प्रतिशत बिदेशी महिला कामदारले आफूहरूलाई छाडा जोक्सहरू सुनाउने, पार्टीको समयमा सहकर्मी पुरूषलाई जबरजस्ती रक्सी खन्याउन बाध्य बनाउने, काम गर्दाकै शिलशिलामा सम्बेदनशील अंगहरू छुने, शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्ने तथा जबरजस्ती गर्ने आदि गरेको बताएका थिए। सर्वेक्षणमा संलग्न ४५ जना बिदेशी महिला कामदार मध्ये ७ जनाले दुर्ब्यवहारमा परे पनि कसैलाई केही नभनी चुपचाप सहेको बताए। ११ जनाले आफूहरू त्यस्तो ब्यवहारको प्रतिवाद गरिरहेको बताएको सर्वेक्षणमा उल्लेख छ। त्यस्तै ३ जनाले बिभिन्न धार्मिक ग्रुप तथा नागरिक संस्थामा गुनासो गरेको तथा १ जनाले श्रम मन्त्रालयमा उजुरीसमेत दिएको बताएका छन्।
त्यस्तै ७ जना महिला कामदारले यौन दुर्ब्यवहार गर्नेले माफी मागेपछि कुनै उजुरी नदिएको बताए भने ३ जनाले कम्पनी नै परिवर्तन गरेको तथा २ जना बिदेशी महिला कामदारले यौन दुर्ब्यवहार सहन नसकी काम छाडेर अवैध बनेको बताए।
५० जना मानव अधिकावादीले बिभिन्न पोलमा गरेको सर्बेक्षणपछि प्रकाशित तथ्यांकमा विद्यमान रोजगार प्रणालीमा भएको नियमको कारण कम्पनी साहुको अनुमति बिना कम्पनि परिवर्तन गर्न नपाउने हुँदा विदेशी महिला यौन दुर्ब्यवहार सहेर बस्न बाध्य भएको निष्कर्षसमेत निकालेको छ।
त्यस्तै तथ्यांकमा यद्यपी बराबर काम गरे पनि ६९ प्रतिशत बिदेशी महिला कामदारले मासिक १० लाख कोरियन वनभन्दा कम ज्याल पाउने गरेको उल्लेख छ।
आयोगले सामान्य कामको स्तरमा बिदेशी पुरूषको तुलनामा महिलाको अबस्था अत्यन्तै नाजुक भएको, काम तथा ज्यालामा ठूलो अन्तर रहेको साथै न्युनतम मानव अधिकारमा समेत हनन भएको तथ्यांक सार्वजनिक गर्दै यसको गहिरो अध्यन हुनुपर्ने सुझाव समेत दिएको छ।