फेसबुकका अनुसार प्रत्येकदिन संसारभर १.८६ बिलीयन प्रयोगकर्ताहरु फेसबुकको प्रयोग गरिरहेका छन्। सामाजिक संजालमा सबैभन्दा छोटो समयमा सबैभन्दा बढी प्रयोग कर्तालाइ जोडन सफल भएको फेसबुकले मानिसहरुलाई बढी दुखी र अस्वस्थ्य बनाउँदै लगेको अमेरिकामा गरिएको पछिल्लो एक अनुसन्धानले देखाएको छ।
आफ्नो फेसबुकको प्रोफाइल फोटो हेर्न बानी परेकाहरु बिशेष गरि बढी दुखी र अस्वस्थ्य हुने गरेको अमेरिकाको स्याण्डियागोस्थित क्यार्लिफोर्निया बिश्वबिद्धालयले गरेको एक अनुसन्धानले देखाएको हो।
सन २०१३ देखि सन २०१५ सम्ममा ५ हजार २ सय ८ जनामा गरिएको सर्वक्षणले यस्तो नतिजा बाहिर ल्याएको हो। २ वर्ष सम्म फेसबुक प्रयोग कर्ताका बारेमा गरिएको सर्वक्षणमा फेसवुक प्रयोग कर्ताहरुको फेसबुक गतिबिधि, शारिरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, उनिहरुको दैनिक जीवनमा मिल्ने सन्तुष्टि, फेसवुक प्रयोकर्ताको प्राप्त गर्ने सुख र उनिहरुको वास्तविक दुनियासँगको गतिविधीको बारेमा गरिएको आकडा संकलनले र बिश्लेशषले फेसबुकले मानिसहरुलाई दुखी र अस्वस्थ्य बनाउदै लगेको देखाएको हो।
फेसबुकमा बढी समय दिने प्रयोग कर्ताहरुले आफ्नो सामाजिक, शारिरीक, मनोबैज्ञानिक स्वास्थ्यसँग सम्झौता गरेवरावर भएको समेत अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न क्यार्लिफोर्निया बिश्वबिद्धालयका सहायक प्राध्यापक होली शाक्यका शाक्यका अनुसार शोसल साइट बिशेषगरि फेसबुकमा बढी समयदिने प्रयोकर्ताहरु सामान्य ब्यक्तिहरुभन्दा बढी दुखी र अस्स्थ्य हुने गरेको पाइएको हो।
अनुसन्धानमा संलग्न भएका प्रयोकर्ताहरुको दैनिक स्वास्थ्यमा पनि ठूलो प्रभाव देखिएको अनुसन्धानले देखाएको थियो। आफुले अपलोड गरेका फोटोहरुदेखि अरुले पोष्ट गर्ने स्टाटसहरुले समेत फेसबुकका प्रयोगकर्तालाइ बढी मानिसक असर पार्ने गरेको देखिएको छ। 'फेसबुकको बढी प्रयोग गर्नु भनेको बढी अस्स्थ्य र दुखी रहनु नै हो। हाम्रो अध्ययनले यहि देखाएको छ।' अनुसन्धानमा संलग्न अमेरिकास्थित के एल बिश्वबिद्धालयकि छात्रा निकोलस क्रिसटाकिस बताउँछिन।
अनुसन्धानले फेसबुकमा लाइक, कमेन्ट, स्टाटस अपडेट अपडेटले समेत प्रत्येक्ष मानसिक स्वास्थ्यमा प्रभाप पार्ने गरेको बताएको छ।
गएको वर्ष सन २०१६ मा गरेको एक अध्यनले पनि पनि फेसबुकको प्रयोगले जम्मा प्रयोग कर्ताको एक प्रतिसतलाइ डिप्रेसन हुने गरेको बताएको थियो। सामान्य प्रयोग कर्ताहरुले फेसबुकको प्रयोगले उनिहरुलाई रिल्याक्स फिल गराउने भएका कारण यसको प्रयोग गर्न गरेको बताए पनि यसले बढी दुखी बनाउने र अस्वस्थ्य बनाउने गरेको अनुसन्धानले देखाएको थियो।