शनिबारदेखि बागमती सफाई अभियान सुरु गरिएको २ सय १४ औं हप्तामा चर्चित अभिनेत्री मनिषा कोइराला सहभागी भएकी छन्।
शनिबार थापाथलीस्थित बागमती नदीमा भएको सफाई अभियान कार्यक्रममा अभिनेत्री कोइरालालाई बागमती सफाई अभियानको सदभावना दूतमा मनोनित गरिएको घोषणा गरिएको छ।
अभिनेत्री कोइरालाले बागमती सफाई अभियानलाई सफल बनाउन सबैला२ अपलि गरिन्। उनले बागमती सफा बनाउने महानगरबासीको सपना पुरा गर्ने दायित्व सबैको भएको बताइन्।
बागमती सफाई अभियान सफल बनाउन सरकारले मातहतका सबै सुरक्षा निकायलाई समेत परिचालन गरेको छ। बागमती सफाई अभियानमा सबै राजनीतिक दलका नेतृत्वले समेत साथ दिँदै आएका छन। नागरिक समाजका अगुवाहरुको बागमती सफाई अभियानमा नेतृत्वदायी भूमिका रहँदै आएको छ। सरकारले बागमती सफाई अभियानलाई सफल बनाउन अभिनेत्री कोइरालालाई सदभावना दूतको रुपमा मनोनित गरेको हो। बागमती सफाई अभियानमा अभिनेता राजेश हमाल, चर्चित हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका कलाकारहरुले पनि साथ दिँदै आएका छन।
तस्बीर : ओमप्रकाश अर्यालको फेसबुकबाट