बंगुर व्यवसायी संघले नेपालभर लागु हुनेगरी बंगुरको मासुको मूल्यमा एक सय रुपैयाँ बढाएको छ। स्थानिय बजारमा कारोबार भइरहेको मूल्यमा एकसय रुपैयाँ थप गरिएको संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
विभिन्न स्थानमा मूल्य फरकफरक हुने भएपनि सबैतिर हालको मूल्यमा एक सय रुपैयाँ बढाउने निर्णय गरिएको संघले प्रष्ट पारेको छ। उत्पादन लागत बढेकोले व्यवसाय घाटामा गएको भन्दै संघले मूल्य बढाएको जनाएको छ।