पाँच दिनदेखि हराइरहेका तुलसीपुरका व्यापारी लगायतका व्यक्तिहरू सही सूचना दिनेलाई एक लाख पुरस्कार दिने प्रहरीले घोषणा गरेको छ।
राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरमा रिपोटर्स क्लबले मंगलवार बिहान आयोजित पत्रकार सम्मेलनमा मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी विजयलाल कायस्थले त्यस्तो घोषणा गरेका हुन्। शुक्रबार साँझदेखि सम्पर्कविहिन रहेका तुलसीपुरमा बुटवल वस्त्रालय सञ्चालन गर्दै आएका ५८ वर्षिय राजकुमार श्रेष्ठको अवस्था अझै अज्ञात छ।
यसैबीच श्रेष्ठलाई फिरौतीका लागि कुनै अपराधिक समूहले बन्धक बनाएको आशंका प्रहरीले गरेको छ। घटनाका प्रत्यक्षदर्शी तीनजना भारतीय नागरिकको बयानका आधारमा काठमाडौंबाट स्केज बनाउने विशषज्ञलाई बोलाएर तयार पारिएको स्केजहरु पनि प्रहरीले सार्वजनिक गरेको छ।
मास्क लगाएका र नलगाएका दुईजना व्यक्तिका सम्भावित अनि अनुमानित स्केजहरु सार्वजनिक गर्दै प्रहरी नायव महानिरिक्षक कायस्थले सबै नागरिकलाई सूचना दिएर सहयोग गर्न आग्रह पनि गरे।