तुलसीपुरका एक प्रतिस्ठित व्यापारीसहित तीन व्यक्ति एकाएक बेपत्ता भएका छन्। वुटवल बस्त्रालयका प्रोप्राईटर ५८ वर्षीय राजकुमार श्रेष्ठ, घोराहीका निर्माण व्यवसायी रणबहादुर घर्ती र थप एक जना महिला शुक्रबार साँझदेखि बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
सिंहका अनुसार व्यापारी श्रेष्ठ शुक्रबार साँझ साढे ६ बजेसम्म रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका थिए। त्यसपछि उनको मोवाईलमा फोन आएपछि श्रेष्ठ एक्लै निजी कारमा त्यहाँबाट निस्किएको र हालसम्म बेपत्ता रहेको एसपी सिंहले जानकारी दिए। श्रेष्ठले चलाएको कार छिमेकी जिल्ला सल्यानको सितल बजारमा फेला फरेको छ। सितल बजारमा फेला परेको श्रेष्ठको बा १२ च १०७१ नम्बरको गाडी भित्र लेडिजको सेन्डिल र ज्याकेट पनि फेला परेको छ।
त्यस्तै प्रहरीका अनुसार रूकुममा स्काभेटरको पैसा लिन भारतीय नम्बर प्लेटको अर्को गाडीमा भारतीय तीन जना व्यक्तिहरु सँगै रूकुम जाँदै गरेका घोराहीका अर्का एक जना ठेकेदार रणबहादुर घर्ती पनि बेपत्ता छन्। श्रेष्ठ, एक जना अपरिचित महिला र घोराहीका घर्ती अपहरणमा परेको आशंका प्रहरीले गरेको छ। सल्यानको रिमदेखि पाँच किलो मिटर उत्तरमा पर्ने सितल बजारमा फेला परेको श्रेष्ठको गाडीको टायरको हावा भने छैन। हावा फालेको अवस्थामा श्रेष्ठको गाडी फेला परेको सल्यान पुगेका एसपी सिंहले जानकारी दिए ।
घटनास्थलमा दाङका प्रहरी प्रमुख एसपी सिंह र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालसहित व्यापारी पुगेका छन्। तर यो खबर तयार पार्दासम्म कसैको पनि पत्ता नलागेको सल्यान पुगेका दाङका प्रहरी प्रमुख एसपी सिंहले जानकारी दिए।
भारतीय युवाहरुको बयान
[caption id="attachment_47636" align="alignleft" width="480"]
सल्यानमा फेला परेको उनको कार।[/caption]
भारतीय मुलका तीन युवाहरुलाई छोडेर व्यापारी श्रेष्ठ, घर्ती र महिलालाई सितल बजारबाट केही व्यक्तिले बेपत्ता बनाएको शनिबार रिम नजिकै आफ्नो गाडी कुरेर बसेका भारतीय युवाहरुले बताएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पहिला निर्माण व्यवसायी ठेकेदारसहित एउटै गाडीमा रुकुम जाँदै गरेका तीन भारतीय मुलका युवाहरुलाई दुई युवाहरुले रिममा गाडि रोकेका थिए । तर उनीहरुले ‘ए यो हैन रै छ’ भन्दै घर्ती सवार गाडी छोडेका रहेछन्। तर पछि त्यसको पछि पछि तुलसीपुरका व्यापारी श्रेष्ठको गाडी लगतै त्यहाँ गइपुगेपछि घर्ती र श्रेष्ठका संवाद भएको र त्यसपछि घर्तीलाई पनि उनीहरुले सँगै लगेको भारतीय मुलका युवाहरुले बयान दिएका छन्। घर्तीलाई लैंजाँदा आफूहरूलाई भने उनीहरुले त्यँही छोडेको भारतीय मुलका युवाहरुले बताएका छन्। महिलाको प्रयोग गरी श्रेष्ठलाई अपहरण गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
दशैंमा श्रेष्ठको ३० लाख भारू लुटिएको थियो
यसअघि गत दशैंको समयमा श्रेष्ठका एक कर्मचारीले बोकेको ३० लाख भारतीय रुँपैया तुलसीपुरबाटै लुटपाट भएको थियो। त्यस्तै वैशाख १९ गते एकाएक बेपत्ता भएर जेठ १६ गते घोराही–लमही सडक खण्डको चौपट्टाको जंगलमा तुलसीपुरका अर्का व्यापारी ३८ वर्षीय रत्नबहादुर ओली मृत अवस्थामा फेला परेका थिए।
ओलीलाई शुक्रबार बेपत्ता तुलसीपुरकै अर्का व्यापारी राजकुमार श्रेष्ठले एक करोड ऋण दिएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ। एक महिनाको अन्तरालमै तुलसीपुरका अर्का व्यापारीसहित थप २ जना बेपत्ता भएपछि दाङको सुरक्षाको अवस्था अत्यन्तै संवेदनशिल बन्न पुगेको छ।