३ खेलमा अर्धसतक बनाएका पश्चिमाञ्चलका सौरभ खनाल काठमाडौंमा विहिबार सम्पन्न प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बन्न सफल भएका छन्।
यस्तै, त्रिभुवन आर्मीका सुशान्त भारी उत्कृष्ट बलर बनेका छन्। उनले १४ विकेट लिए। उनी बराबरी नै १४ विकेट लिएका सागर पुनलाई उत्कृष्ट अलराउन्ड र पश्चिमाञ्चलका विपिन खत्री उदाउँदो खेलाडी घोषित भए।
वर्षाका कारण प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी दुवैलाई संयुक्त विजेता घोषित गरिएको छ। भर्खरै राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ प्रशिक्षकबाट अवकाश पाएका अरुण अर्याललाई २५ हजार नगदसहित सम्मान गरियो।