मुलुककको ४० औं प्रधानमन्त्रीको रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक भब्य समारोहबीच देउवाले दिउँसो १ बजेर ५७ मिनेटको साइत पारेर राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियतको शपथ लिएका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, कामु प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीसहित विभिन्न व्यक्तिको उपस्थिति थियो ।
शपथ ग्रहणपछि बधाइ दिने क्रममा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग हात मिलाएको तस्वीर निकै रमाइलो क्षण थियो। देउवालाई बधाइ दिँदै ओलीले हात मिलाए, देउवाले ओलीको हात च्याप्प समातेर माथि उचालेर एक भएर अघि बढ्ने संकेत गरे।