समृद्ध राजधानीको सपना बोकेर आएका नयाँ मेयर र उपमेयरलाई काठमाडौं महानगरपालिकाका कर्मचारी भब्य स्वागत गरे।
पुरानो भवन भूकम्पले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए (जगदम्बा) कम्प्लेक्सको पाँचौँ र छैटौँ तलामा सजावट गरिएको कार्यालय प्रवेश गर्ने क्रममा महानगरका कर्मचारीमा प्रफुल्लता थियो।
सबैको मुहारमा खुसी छछल्किन्थ्यो। समृद्ध सहरको कल्पना गरेका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई बुधबार स्वागत गरेका हुन्।
काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरको सुरक्षामा नगर प्रहरी खटाउने भएको छ । मेयरका लागि नगर प्रहरीका सइको नेतृत्वमा ८ देखि १० कर्मचारी खटाउने तयारी छ । त्यस्तै उपमेयरका लागि पनि असइको नेतृत्वमा ६ देखि ८ जना कर्मचारी खटाउने तयारी छ ।
नयाँ मेयर र उपमेयरको स्वागतमा प्रफुल्ल महानगरका कर्मचारीहरू