नयाँ वर्षको अवसर पारेर जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ। पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो। सोही अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ।
बुधबार एक कार्यक्रमकाबीच मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुवात गरिएको हो। आधा दर्जन बढी ब्राण्डका मोबाइल कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुले मोबाइल मार्टको संयुक्त रुपमा उद्घाटन गरे।
मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने छ। साथै महोत्सव अवधिभर निशुल्क मोबाइल सर्भिसिङ गर्ने व्यवस्था मिलाइएको र नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको मार्टले जनाएको छ।
मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै सर्भिसिङ पनि दिन लागिएको जानकारी दिए।‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो’ उनले भने ‘महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौँ।’
महोत्सव अवधिमा १० हजार रुपैयाँ भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको व्यवस्था गरिएको उनले बताए। साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मार्टले गरेको छ।
बुधबारदेखि सुरु भएको मोबाइल महोत्सव १० दिनसम्म चल्नेछ। सोही दिनदेखि सञ्चालनमा आएको मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुङ, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन्।
विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मोबाइल मार्टमा सेवाग्राहीले महोत्सवपछि पनि मोबाइल मर्मतको सुविधा पाउने छन्। यसबाट मोबाइल किन्न तथा मर्मत गर्न विभिन्न स्थानमा भौंतारिनु पर्ने अहिलेको बाध्यताबाट सेवाग्राहीले राहत पाउने विश्वास मोबाइल मार्टले लिएको छ ।