नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
भदौ ७ गते (अगस्ट २३) मा हुने भनिएको संघको निर्वाचनका लागि उनले अधयक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
गुरुङले संघको अघिल्लो कार्यकालमा यस संस्थाको महासचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए।
तीन वर्षको अवधिमा उनले हिमालसँग सम्बन्धित विविध पक्षहरू; चुनौती, अवसर र समाधानबारे प्रत्यक्ष रूपमा बुझ्ने र अनुभूति गर्ने अवसर पाएको बताए।
उउनलाई लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सर्वसम्मत रूपमा अध्यक्ष पदका लागि अगाडि सारेको हो।