प्राकृतिक तथा सांस्कृतिक रूपमा धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरु छन्। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन्।
अपर मुस्ताङ, लोमन्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन्। लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन्।
प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन्। मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको संगमले पर्यटकलाई लोभ्याउँछ।
मुस्ताङका तालहरू निकै सुन्दर छन्। साथै यहाँका संग्रहालयले पनि आगन्तुकहरुलाई पर्याप्त जानकारी दिन्छन्।
मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरु खुलेका हुन्छन्। दिउँसो १२ बजेपछि भने विस्तारै हावा चल्न थाल्छ र हिमालहरु तुवालोले ढाकिँदै जान्छन्।
जलवायु परिवर्तनका कारण हिमालहरु नांगिदै गएकोमा स्थानीयबासीका साथै पर्यटक पनि चिन्ता व्यक्त गर्छन्।
तस्बिरहरूः
-ink-1748667102.jpeg)
-ink-1748667101.jpeg)
-ink-1748667101.jpeg)
-ink-1748667100.jpeg)
-ink-1748667100.jpeg)
-ink-1748667099.jpeg)
-ink-1748667099.jpeg)
-ink-1748667098.jpeg)
-ink-1748667098.jpeg)
-ink-1748667097.jpeg)
-ink-1748667097.jpeg)
-ink-1748667096.jpeg)
-ink-1748667096.jpeg)
-ink-1748667095.jpeg)
-ink-1748667095.jpeg)
-ink-1748667094.jpeg)
-ink-1748667094.jpeg)
-ink-1748667094.jpeg)
-ink-1748667094.jpeg)
-ink-1748667093.jpeg)
-ink-1748667093.jpeg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी