लुक्लाबाट रामेछाप जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ।
सीता एयरको ९१६१ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान १०: ०६ बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गरेको हो।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार जहाजमा १४ जना यात्रु थिए। यात्रुहरू सकुशल रहेको उनले बताए।
‘हाइड्रोलिकमा समस्या देखिएको हो। त्यसपछि सामान्य रूपमा चल्न सक्दैन। पहिले यात्रुलाई झारेर तानेर लगिएको हो,’ उनले भने, ‘अहिले सामान्य छ।’
जहाज अवतरण गरेपछि ६ मिनेटलाई विमानस्थल बन्द गरिएको थियो।