मेरियट होटल, फेयरफिल्ड बाइ मेरियट र मोक्सी काठमाडौंमा मिचेल कुपम्यानले क्लस्टर महाप्रबन्धकको जिम्मेवारी पाएका छन्।
कम्पनीका अनुसार तीन दशकभन्दा बढी समय विभिन्न देशका ब्रान्डहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कुपम्यानको लक्जरी, लाइफस्टाइल र कर्पोरेट आतिथ्यमा लामो अनुभव छ।
उनको नेतृत्वले नेपालको बढ्दो पर्यटन तथा आतिथ्य क्षेत्रमा मेरियटको उपस्थिति अझ मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा रहेको कम्पनीले जनाएको छ।
'नयाँ भूमिकामा कुपम्यानले मेरियट होटल, फेयरफिल्ड बाइ म्यारियट र मोक्सी काठमाडौंको सञ्चालनको नेतृत्व गर्दै सुविधाजनक सेवा, नवीनतम अतिथि अनुभव र परिचालन उत्कृष्टता सुनिश्चित गर्नेछ,' कम्पनीले भनेको छ।