अन्तर्राष्ट्रिय अनलाइन ट्राभल साइट 'ट्रिप एडभाइजर'ले विभिन्न मुलुकभित्रका सोलो ट्राभल (एक्लै घुम्न मिल्ने) गन्तव्यहरूको सूची सार्वजनिक गरेको छ।
जसमा विश्वकै दोस्रो उत्कृष्ट गन्तव्यमा नेपालको काठमाडौं परेको छ।
ऐतिहासिक, सांस्कृतिक, आतित्थ्यताको महत्त्वअनुसार 'सोलो ट्राभल डेस्टिनेसन'का रूपमा काठमाडौंलाई सूचीमा समावेश गरिएको ट्रिप एइभाइजरले जनाएको छ।
यसले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक संन्देश पुर्याएको छ।
सोलो पर्यटकका लागि पहिलो गन्तव्य दक्षिण कोरियाको सिओल रहेको छ।
दोस्रो नम्बरमा नेपालको काठमाडौं परेको छ। तेस्रोमा पेरुको कुस्को सहर परेको छ।
चौथो नम्बरमा थाइल्याण्डको बैंकक, पाँचौमा जापानको ओशाका, छैटौँमा युएईको दुबई, सातौमा जापानकै क्योटो सहर छन्।
त्यस्तै आठौं नम्बरमा थाइल्याण्डकै चियाङमाइ, नवौंमा आइस्ल्याण्डको रेकजाभिक र दसौंमा अस्ट्रेलियाको मेलबर्न परेको ट्रिप एडभाइजरले उल्लेख गरेको छ।