संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन निर्माण भएपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका छन्।
मंगलबार प्राधिकरणको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मन्त्रिपरिषदबाट स्वीकृत भएको विधेयकलाई संसदबाट कानुनको रूपमा निर्माण गरेपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका हुन्।
विधेयकमाथि छलफल हुँदा प्राधिकरण कर्मचारीका कुरा समेत समवेश गरिने उनको भनाइ छ।
'नयाँ कानुन निर्माण भएपछि अन्तर्राष्ट्रिय रूपमा उठ्ने गरेका प्रश्न पनि सम्बोधन हुन्छन्,' मन्त्री पाण्डेले भने, 'कानुन निर्माण गर्दा कुनै कुरामा शंका गर्नु पर्दैन, यो कानुन निर्माण भए प्राधिकरण झनै विश्वसनीय हुन्छ।'