लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा खेतमै आकस्मिक अवतरण गरिएको छ।
आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन-एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै थियो।
११ बजेर २ मिनेट जाँदा नलिन्चोक भन्दा एक माइल पूर्व आकासमा चरा हेलिकप्टरमा ठोक्किएको थियो।
चरा ठोक्किएपछि पाइलटले बनेपास्थित एक खेतमा हेलिकप्टरलाई आकस्मिक अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
‘चरा ठोक्किएपछि खेतमै अवतरण भएको हो,’ उनले भने।
हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए।
हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने भुलले बताए। ‘प्राविधिक टोलीले त्यहाँ पुगेर जाँच गर्छ, यात्रुहरू गाडीबाट काठमाडौं ल्याइएको छ,’ उनले भने।