कतार एयरवेजले मंगलबार (आज)देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरू गरेको छ।
कतारको वाइडबडी जहाज आज दिउँसो पौने ३ बजे विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी बिनोद सिंह रावतले बताए।
जहाजमा ३३ जना यात्रु थिए। जहाज पौने ५ बजे भैरहवाबाट काठमाडौंका लागि उडेको छ।
अब कतारले भैरहवामा नियमित उडान गर्नेछ। यससँगै यो विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ।