आगामी शुक्रबार (नोभेम्बर ८) देखि करिब ५ महिनासम्म काठमाडौं त्रिभुवन विमानस्थलको स्तरोन्नतिका कारण ‘उडान समय’ छोट्याइएको छ। बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिस टु एयर म्यान' (नोटाम) जारी भएको छ।
यससँगै बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ।
विमानस्थलको स्तरोन्नति पछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने बुद्ध एयरले जनाएको छ।
केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको छ। छोट्याइएको उडान समय जाडो महिनाको रहेको छ।
जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित सञ्चालन प्रभावित हुन्छन्।
‘आईएफआर’ गन्तव्यमा रात्री उडान भएता पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। त्यसैगरी भिएफआर गन्तव्यहरूमा भिजिबिलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्छ।
अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै हुन्छ।
बुद्ध एयरसँग समयमै उडान भर्न पर्याप्त जहाजहरू छन्। तर पनि कतिपय अवस्थामा प्रतिकुल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेका छन्।
यी कारणहरूले यात्रुहरू टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक–इन काउण्टरमा रिर्पोटिङका लागि बुद्ध एयरले अनुरोध गरेको छ।
बुद्ध एयरको अनुरोध
१. यात्रुलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउण्टरमा रिर्पोटिङका लागि अनुरोध गरेको छ।
२. उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ।
३. खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ। यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने जनाएको छ।
४. उडान रद्द भएका टिकटहरूलाई ‘रिफण्ड प्रोसेसिङ’मा हालिनेछ। अनलाइन टिकेटिङको हकमा त्यहीबाट रिफण्ड हुनेछ। यसका लागि ३ देखि ४ दिनको समय लाग्नेछ। त्यसैगरी ट्राभल एजेन्सीबाट टिकट लिएकाहरूले त्यही सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
५. एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध गराइने छैन।
६ अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुने एयरले जनाएको छ।