नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डल टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर हवाई शुल्क सर्वसुलभ बनाउन ध्यानाकर्षण गराएका हुन्।
मुख्य राजमार्ग र सडकहरू बाढीपहिरोका कारण अवरूद्ध रहेको बेलामा हवाई शुल्क सर्वसुलभ हुनुपर्ने भनाइ नेविसंघको छ।
सडक पहुँच नभएका हिमाली जिल्लाहरूमा चाडपर्वका बेला हवाई यातायातलाई सर्वसुलभ र सहज बनाउन पनि माग गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकलाई अघि बढाउन पनि नेविसंघले माग गरेको छ।

