एड्भर्टोरियल
माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण पश्चात उच्च शिक्षालाई महत्वपूर्ण मान्ने गरिएको छ। एसइईपछि धेरैको अध्ययनको गन्तव्य बन्ने गरेको छ राजधानी काठमाडौं। राजधानी काठमाडौंका चोकैपिच्छे भएका विद्यालयहरूको भीडमा विद्यार्थीका लागि आकर्षणको विद्यालय बनिरहेको छ काठमाडौं बर्नहार्ट विद्यालय।
भनिन्छ, राम्रो शिक्षा पहिलो गुण हो र यो मान्छे जन्मेदेखि नमरून्जेल जीवनसँग जोडिएको हुन्छ। गुणस्तरीय शिक्षा बिना जीवन अन्धकार जस्तै हुन्छ। यी र यस्तै विषयहरूलाई आत्मसात गर्दै अगाडि बढिरहेको छ काठमाडौं बर्नहार्ट विद्यालय।
२०५७ सालमा To the stars by hard ways…अर्थात् मेहनतका साथ आफ्नो करिअर सुरू गर्न भन्ने नारालाई आफ्नो मूलमन्त्र बनाएर विद्यालयले अध्यापन गराउँदै आएको छ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका झण्डै ३ हजारको संख्यामा विद्यार्थीहरूले यस विद्यालयमा अध्ययन गरिरहेका छन्। यस संस्थाले विद्यालय तहको मात्र नभई विद्यालय तहमा समेत अध्ययन गराउँदै आएको छ। संस्थाले स्कुलतर्फ नर्सरीदेखि कक्षा १० सम्म, ±2 Program (NEB Affiliate), अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायका साथै Bachelor's Degree Programs अन्तर्गत BBS, BA, BASW, BBM, BCA, Bsc CSIT र Master's Degree Program अन्तर्गत MBS (TU Affiliate) शिक्षा दिँदै आएको छ। यस विद्यालयमा विद्यार्थीले आफ्नो रोजाइका विषयहरू छनौट गरेर अध्ययन गर्न सक्नेछन्।
गुणस्तरीय शिक्षातर्फको पाइला अगाडि बढाएको यस संस्था कुनै पनि अवरोधले अहिलेसम्म रोक्न सकेको छैन। सबै सरोकारवालाहरूको उचित समन्वयले यो सम्भव भएको विद्यालय प्रशासनको भनाइ छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय एवं सहकार्यमा संस्थाले आफ्ना विद्यार्थीहरूलाई कसरी अतिरिक्त क्रियाकलापहरूमा दक्ष बनाउने भन्नेका विद्यालय सदैव सचेत छ।
विद्यालयको यही विशेषताका कारण त काठमाडौं बर्नहार्ट विद्यालय गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत कोशेढुंगा साबित भएको छ। शान्त र फराकिलो क्षेत्र, मेहनती र संस्थाप्रति उत्तरदायी कर्मचारी, दक्ष र अनुभवी विभागीय प्रमुख र शिक्षकका कारण आज यस विद्यालयले शिक्षाको क्षेत्रमा सफलताको शिखर चुम्न लम्किरहेको छ। विद्यार्थीहरूलाई कसरी पारिवारिक वातावरणमा अध्ययन गराउने भन्ने उद्देश्यका साथ विद्यालयले प्रत्येक कदममा अभिभावक र विद्यार्थी लगायत सबै सरोकारवालाहरूको आवश्यक राय, सल्लाह र प्रतिक्रियाका आधारमा निर्णय लिएर विद्यालयको स्तर उकास्न र गुणस्तरीय शिक्षामा सुधार गर्न कुनै कसर बाँकी राखेको छैन।
बर्नहार्ट विद्यालयमा विद्यार्थीलाई बजार मागअनुसारको शिक्षा दिन विद्यालयले विश्वविद्यालयले तोकेको पाठ्यक्रमका अलावा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ। विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्श तथा रेखदेख गर्दै विद्यालयले हालसम्म उत्कृष्ट नतीजा हासिल गर्दै आएको छ। विद्यालय २५ औं वर्षमा आइपुग्दा यस विद्यालयले संयौंको संख्यामा डाक्टर, नर्स, इञ्जिनियर र राष्ट्रसेवक कर्मचारीहरू उत्पादन गरिसकेको छ। यस विद्यालयमा अध्ययन पूरा गरेर विद्यार्थीहरू देशको उच्च ओहोदामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत संस्थाको नाम उँचो राख्न विद्यार्थीहरू सफल भएका छन्।
विद्यार्थीहरू फरक परिवेश, पारिवारिक पृष्ठभूमि र विद्यालयबाट आउने भएकाले त्यस कुरालाई मध्यनजर गर्दै विद्यार्थीलाई आवश्यक परामर्श गरी उनीहरूको समस्या तत्काल समाधान गरिन्छ। व्यावसायिक काउन्सिलर (परामर्शदाता) हरुका माध्यमबाट विद्यार्थीलाई करिअर सम्बन्धी परामर्श दिएर भविष्यमा कुन बाटो अँगाल्ने भनेर अन्योलमा रहेका आफ्ना विद्यार्थीलाई उचित मार्गनिर्देशन दिने दायित्वबाट यो कलेज कहिल्यै पछि हटेको छैन। सफलताको निरन्तरता स्वरूप यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सर्वोकृष्ट नतिजा ल्याउन सफल रहे।
यसै कलेजमा अध्ययनरत दीपक श्रेष्ठ २०५८, रितु अग्रवाल २०६१, स्मृति बानियाँ २०६२, दिपक महतरा २०६८ र सुमन नेपाल २०७० (९०.६ प्रतिशत) मा उच्च मावि शिक्षा बोर्ड टप गरेका थिए। २०७६ सालबाट सुरू भएको लेटर ग्रेडिङमा पनि सर्वोत्कृष्ट जिपिए ३.९३ ल्याउन सफल अनिष खनाल यसै विद्यालयका हुन्। यस्तै लगातार २०७८ र २०७९ मा क्रमशः यसै विद्यालयका आर्यन सिलवाल (जिपिए ३.९४) र अन्जान पौडेल (जिपिए ३.९४) ले सर्वोत्कृष्ट जिपिएसहित राष्ट्रिय परीक्षा वोर्ड टप गरेका थिए। यसै संस्थामा अध्यनरत विद्यार्थी सिर्जना बज्राचार्यले २०६५ मा त्रिभुवन विश्वविद्यालय टप गरेकी थिइन्। उनी हाल नेपाल राष्ट्र बैंकको उपनिर्देशक पदमा कार्यरत छिन्।
जेहेन्दार तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विभिन्न प्रकारको छात्रवृत्ति प्रदानले गर्दा यस विद्यालयमा देशका दुगर्मदेखि सुगमका विधार्थीहरूको अध्ययनको थलो बनेको छ। यसै शैक्षिक सत्रमा विद्यालयले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ। विद्यालयको २५ औं वर्ष प्रवेशको अवसरमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरूलाई लक्षित गर्दै यस्तो घोषणा गरेको विद्यालयका प्रबन्ध निर्देशक नवराज अधिकारी बताउँछन्।
कक्षा ११ र १२ दुबैमा लागू हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्न माध्यामिक शिक्षा (एसइई) परीक्षामा ४ जिपिए अनिवार्य गरिएको अधिकारीले जानकारी दिए। विद्यालयको यो घोषणासँगै ४ जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा विद्यालयमा कक्षा ११ र १२ मा निःशुल्क अध्ययनको अवसर पाउने भएका छन्। उच्च शिक्षाको पहिलो ढोका मानिने एसइई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीका लागि यो योजनाले विद्यार्थीहरूको भविष्य साकार बनाउन मद्दत गर्ने विद्यालय प्रशासनको अपेक्षा छ।
स्थापनाकालदेखि नै अनवरत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण यस संस्थाले राज्यबाट विभिन्न सम्मान तथा पुरस्कारहरू समेत प्राप्त गरिसकेको छ। विद्यालयलाई शिक्षा मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस २०७६ र अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१९ को अवसरमा निजीतर्फ नेपालकै पहिलो उत्कृष्ट महाविद्यालय पुरस्कारबाट पुरस्कृत समेत गरिसकेको छ।
काठमाडौं बर्नहार्ट विद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट) पाउने पहिलो निजी विद्यालय समेत हो। विश्वविद्यालय अनुदान आयोगले बर्नहार्ट विद्यालयलाई २०७६ सालमा क्यूएए सर्टिफिकेट दिएको हो। देशभरका ११ सयभन्दा बढी निजी विद्यालयमा क्यूएए सर्टिफिकेट आयोगले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता र प्रत्यायन प्रणालीमा आवद्ध भएर त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त पहिलो क्यूएए प्रमाणपत्र पाउनु विद्यालयका लागि ठूलो सफलता हो। काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ। गुणस्तरीय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरी देखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफूलाई अब्बल सावित गर्दै आएको छ।
आजको युग विज्ञान, प्रविधिको युग हो। परम्परागत ढंगबाट हुने अध्ययन, अध्यापनले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा प्रविधियुक्त आधुनिक शिक्षा प्रणाली अवलम्बन गर्दै यस विद्यालयले अभिभावक, विद्यार्थीहरूको मन जितिरहेको छ। स्तरीय पठनपाठनसँगै स्थापना भएदेखि नै हरेक वर्ष विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूलाई अब्बल बनाउन सदैव प्रयासरत छ।
विद्यालयले अपनाउने पठनपाठन शैलीले विद्यार्थीलाई विद्यालयप्रतिको लगाव अझ बढाएको छ। प्रत्येक कक्षामा सीमित संख्यामा विद्यार्थीहरू मात्र भर्ना लिने, पूर्ण रूपमा सजिएका अत्याधुनिक विज्ञान प्रयोगशालाहरू, परियोजना कार्य प्रस्तुतीकरणका लागि मल्टिमिडिया प्रोजेक्टर जडित छुट्टै कोठाको व्यवस्थापन, जुनियर र सिनियरका लागि छुट्टाछुट्टै कम्प्युटर प्रयोगशाला, विद्यालयको आफ्नै यातायात सुविधा, रचनात्मक अन्तरक्रियाका लागि अभिभावक–शिक्षक सम्मेलनको आयोजना, समय–समयमा विज्ञान प्रदर्शनी र सांस्कृतिक उत्सवहरू, नियमित प्रस्तुति कक्षाहरू, नेतृत्व र व्यक्तित्व विकास तालिम सञ्चालन विद्यालयका थप विशेषताहरू छन्।
यसका अलवा एउटै छानामुनि प्रि–प्राइमरीदेखि मास्टर्स तहसम्म अध्ययनका लागि अवसर, सुविधासम्पन्न आफ्नै भवनमा पठनपाठनको व्यवस्था, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन र फुटसल खेल्न फराकिलो खेल मैदान, विद्यार्थीका स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ, स्वादिलो र सुलभ खानाको प्रबन्धसहितको चमेनागृह, संगीत सिक्न चाहनेका लागि गितार, पियानो, मादल र बाँसुरी र नृत्य, कला र मार्शल आर्ट प्रशिक्षणको व्यवस्था र समय समयमा विद्यालयले गराउने हाजिरीजबाफ, वक्तृत्वकला, निबन्ध लेखनले विद्यार्थी अझ निखारिने अपेक्षा गर्न सकिन्छ।
विगत र वर्तमानमा अध्ययनरत विद्यार्थीहरूले यस विद्यालयको खुलेरै प्रशंसा गरेका छन्। यसै संस्थाको कक्षा १२ मा अध्ययनरत रितिका थापा मगरले पारिवारिक वातावरणका शिक्षा दिनुका साथै विद्यालय आफ्नो मार्गदर्शन बन्दै आएको बताएकी छिन्। उनले गुणस्तरीय शिक्षा मात्र नभई विद्यालयमा नैतिक मूल्य मान्यतामा आधारित शिक्षा समेत प्राप्त गरेको उनको भनाइ छ।
कक्षा १२ मै अध्यनरत अर्का विद्यार्थी सौरभ श्रेष्ठले विद्यालयमा रहेका दक्ष शिक्षकहरूबाट सहयोगी र साथीको जस्तो व्यवहारले नै पढाइका अझ सहयोग पुग्ने गरेको बताए। विधार्थीहरूलाई पढाइका अलवा अतिरिक्त क्रियाकलापमा सक्रिय बनाएकाले आफूहरूलाई पढ्नका साथै अतिरिक्त कार्यमा पनि रूचि भएको उनले बताए।
विद्यार्थीलाई सफल बनाउनु पहिलो उद्देश्य — नवराज अधिकारी, प्रबन्ध निर्देशक, काठमाडौं बर्नहार्ट विद्यालय
काठमाडौं बर्नहार्ट विद्यालय, बल्खु व्यवस्थापनको कुरा गर्ने हो भने सायद देशैभरि यो मात्रै एउटा यस्तो शैक्षिक संस्था होला जसमा एउटै सञ्चालकहरूबाट स्थापनाकालदेखि हाल २५ वर्षसम्म उही समूहको प्रशासनिक सक्रियतामा क्रियाशील छन्। यो एउटा आफैमा गर्वको कुरा हो। शैक्षिक तथा प्रशासनिकसँग सम्बन्धित कुनै पनि विषयमा छिटो र अनुभवपरस्त निर्णय लिन यो संस्था सदैव सक्षम देखिन्छ।
उच्च शिक्षा अध्ययन गर्न आउने हरेक विद्यार्थीसँग उसका निजी सपना र आकांक्षा मात्र हुँदैनन्, परिवार, समाज र सिंगो राष्ट्रको सपना समेत गाँसिएको हुन्छ। यो यथार्थलाई बर्नहार्टले प्रभावकारी शिक्षण, समय–सापेक्ष प्रविधि तथा ज्ञानको प्रयोग मार्फत सम्बोधन गरिरहेको छ। उच्च शिक्षाको अभिलाषा बोकेर यो विद्यालयको ढोकाबाट भित्र आउने हरेक विद्यार्थी सक्षम हुनुपर्छ र विद्यालयले विद्यार्थीलाई सफल बनाउनु नै पर्छ भन्ने मूल आदर्शलाई बर्नहार्टले सदैव उच्च प्राथमिकतामा राखेको छ।
प्रतिभावान विद्यार्थीहरूलाई थप परिस्कृत र क्षमताशील बनाउने तथा मध्यम र कमजोर मानिएका विद्यार्थीहरूलाई कार्यसम्पादनमा विशेष बनाउनु नै बर्नहार्टको थप अर्को महत्वपूर्ण विशेषता हो। औसत परिणाम भएका विद्यार्थी लिएर तिनै विद्यार्थीहरूलाई प्रभावकारी ढंगले पठनपाठन गराएर उत्कृष्ट नतिजा निकाल्न सफल जादुमयी लट्ठी बर्नहार्टसँग छ भन्दा अन्यथा नहुने यसअघि देशैभरिको प्लस २ विद्यालयमध्ये यो विद्यालय सातौं हुनुले पनि प्रस्ट्याइसकेको छ। यो विद्यालयको थप अर्को महत्वपूर्ण पक्ष भनेको पूर्व प्राथमिक तहदेखि स्नात्तकोत्तर कक्षासम्मको पढाइ एउटै बर्नहार्ट नाममा आफ्नै भवनहरूमा सञ्चालन हुनु पनि हो।
विद्यार्थीको नजरमा बर्नहार्टः
— अमित रञ्जित, शाखा प्रमुख, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा, खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग
म बर्नहार्ट विद्यालयको पहिलो ब्याचको विद्यार्थी हुँ। आज पनि सम्झिँदा प्लस टु पढ्नलाई बर्नहार्ट छानेर साँच्चै नै सही निर्णय लिएको रहेछु भन्ने लाग्छ। किनभने यो विद्यालयमा प्लस टुमा पाएको ज्ञानले सिभिल इन्जिनियरिङका लागि स्नातक तह पढ्न पुल्चोक क्याम्पसमा गरेको प्रयास पहिलो पटक नै सफल भयो।
मैले पहिलो प्रयासमा नै पूर्ण छात्रवृत्तिमा सिभिल इन्जिनियरिङमा नाम निकालेँ। सिभिल इन्जिनियरको अध्ययन सकेलगत्तै लोक सेवा आयोगको परीक्षा पास गरेर खानेपानी तथा ढल व्यवस्थापन विभागको इन्जिनियरका रूपमा काम गरेँ। त्यसपछि बागमती सभ्यताको एकीकृत विकास उच्चस्तरीय समितिमा उपपरियोजना निर्देशक हुँदै हाल म खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा वरिष्ठ डिभिजनल इन्जिनियर, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाको शाखा प्रमुख पदमा कार्यरत छु। मेरो जीवनको सफलतामा बहुमूल्य योगदानका लागि बर्नहार्ट विद्यालय र आदरणीय शिक्षकहरूप्रति आभार प्रकट गर्दछु।
— दीपक श्रेष्ठ एम.डी, सहप्राध्यापक, प्रसूति तथा स्त्री रोग विभाग, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल
बर्नहार्ट विद्यालयको रोजाइ मेरो जीवनको लयको सुरूआत थियो। बर्नहार्ट विद्यालयमा पाठ्यक्रममा आधारित शिक्षा मात्र नभई मैले जीवनको नयाँ पाठ सिकेँ। ती दिनहरू सम्झिँदै गर्दा मलाई आफ्नो जीवनको अभिन्न अंगको वर्णन गर्दैछु जस्तो लागेको छ। २४ वर्षअघि बर्नहार्टको आँगनले गरेको स्वागतमा मैले गुरूहरू मात्र होइन गुरुको रूपमा अभिभावकहरू पाएको थिएँ। त्यो अभिभावकत्व अझै पनि निरन्तर छ। सबैको जीवनमा केही आकांक्षा, केही सपना र जीवनका लक्ष्यहरू हुन्छन्। ती सबै सपना र लक्ष्यहरूलाई साकार बनाउन जीवनको एउटा विन्दुमा पुगेर सुरूआत गर्नैपर्छ। मेरो लागि, त्यो टर्निङ प्वाइन्ट, त्यो सुरूआत, बर्नहार्ट विद्यालयको दुई वर्ष नै थियो। आज म जहाँ छु यसमा बर्नहार्टको ठूलो योगदान छ।
जब बर्नहार्टको सफलता र विद्यालयले नयाँ उचाइ हासिल गरेको सुन्छु, मलाई अझ खुसी लाग्छ। म यस विद्यालयको पहिलो ब्याचको विद्यार्थी हुँ भन्दा मलाई आफै माथि गर्व लाग्छ। आगामी दिनमा बर्नहार्ट विद्यालयको उचाइ अझै चुलिँदै जाओस्। मेरो शुभकामना।
— सिर्जना बज्राचार्य, उपनिर्देशक, नेपाल राष्ट्र बैंक लिमिटेड
दुई दशकअघि मैले एसएलसी पछिको उच्च माध्यमिक शिक्षा (६०–६१ ब्याच) अनि स्नातक (६२–६५ ब्याच) दुवै यही विद्यालयबाट सकेँ। सबभन्दा पहिला त शिक्षाको क्षेत्रमा शानदार २५ वर्ष पुगेको उपलक्ष्यमा बर्नहार्ट विद्यालयलाई हृदयदेखि नै बधाय दिन चाहन्छु। आफूले अध्ययन गरेको संस्था यो कोशेढुंगासम्म पुग्न सफल भएकामा म निकै नै खुसी छु।
दुई दशकअघिको समय अहिले पनि स्मृतिमा ताजै छ। मेरो मानसपटलमा यो उपलब्धीले त्यो खुसी, उत्साह, उमंग र यादहरू फेरि बहार बनाएर ल्याइदिएको छ। उक्त संस्थाको वातावरणले मलाई परिपक्व मात्रै बनाएन् स्वावलम्बी हुने आकार समेत दियो। आदरणीय गुरू वर्ग, मेरा साथीहरू र विद्यालयका कर्मचारीहरूको साथ र सहयोग मेरो जीवन यात्रा र व्यक्तिगत विकासका लागि बलियो आधार भएको छ।
— सुमन नेपाल, युनिभर्सिटी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT)
‘बर्नहार्टमा तपाई एउटा नाम हो, मात्र नम्बर होइन,' यो बर्नहार्टको आदर्श वाक्य मात्र नभई सबै बर्नहार्टमा अध्यनरतको अनुभव हो।
सन् २०१२ मा बर्नहार्ट प्रवेश गर्नु नै मेरा लागि स्वमिलन र व्यक्तिगत विकासको अनवरत यात्राको सुरूआत थियो। कलेजमा बिताएका समयले मेरो पहिचान, लक्ष्य र आकाक्षहरूलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको थियो। थोरै विद्यार्थी मात्र राखेर हुने पढाइमा सबै विद्यार्थीले शिक्षकको समय पाउँथे। हरेक विद्यार्थीको व्यक्तिगत विकासमा समर्पित शिक्षकहरू हुनुहुन्थ्यो।
देशभरिका विद्यार्थीहरू भेला भएको थलोमा समृद्ध दृष्टिकोण र अनुभवको योगदानले गतिशील शिक्षण वातावरण तयार भएको थियो। बर्नहार्टको सहयोगमा मैले इन्जिनियरिङ कलेजमा मात्र नभई अमेरिकामा रहेको विश्व प्रसिद्ध इन्जिनियरिङ युनिभर्सिटी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) मा आफ्नो ठाउँ सुरक्षित गर्न सक्षम भएँ। शैक्षिक उत्कृष्टता र व्यक्तिगत समृद्धिको यात्रा सुरु गर्न इच्छुक विद्यार्थीलाई म सच्चा हृदयले बर्नहार्टमा पढ्न आग्रह गर्दै आफूले जस्तै परिवर्तनकारी र समृद्ध यात्राको अनुभव गरून् भन्ने कामना गर्दछु।