पछिल्लो समय उच्च शिक्षाका लागि विद्यार्थीहरू बाहिरिने प्रवृत्ति बढ्दो छ। बढी जसो विद्यार्थी अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, आयरल्यान्ड, जर्मनी, बेलायत र अमेरिका लगायत देशलाई गन्तव्य बनाइरहेका छन्।
यसका लागि आवश्यक विभिन्न प्रक्रियामा विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने संस्थाहरू छन्।
'उचित परामर्श नदिने, ठूलो दायरामा अवसर नदेखाइदिने र सीमित विश्वविद्यालयसँग मात्र सहकार्यमा काम हुँदा विद्यार्थीलाई विदेशमा गाह्रो हुन्छ। फाइनान्स सम्बन्धी सही जानकारी नभए भिसा प्रक्रियामा कठिनाइ आउँछ,' नेपालका लागि आइडिपीका कन्ट्री निर्देशक अभिषेक श्रेष्ठ भन्छन्, 'विद्यार्थीलाई ठूलो अवसरको खाँचो भए फाइनान्सिङ व्यवस्था बुझाउन आवश्यक छ।'
कमलादी हात्तीसार रत्न भवनस्थित आइडिपी नेपालले हाल अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, न्युजिल्यान्ड र आयरल्यान्ड जस्ता देशका लागि परामर्श दिँदै आएको छ। यसको मुख्य उद्देश्य विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामार्फत करिअरमा सक्षम बनाउन मदत गर्नु हो।
सन् २०१८ देखि परामर्श दिन थालेको आइडिपीले करिब चार वर्षमा हजारौं विद्यार्थीलाई विभिन्न मुलुकमा आफ्नो उच्च शिक्षाको सपना पूरा गर्न मदत गरिसकेको छ।
तिनै विद्यार्थीमध्ये अस्ट्रेलिया गएका चार जनाले उनीहरूको आइडिपीसँगको यात्रा र हालको अवस्थाबारे कुरा गरेका छन्-
सुशान्त महत (वर्ष २४)

म अहिले पर्थमा छु। यहाँ आएको आठ महिना भयो। कर्टिन विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा स्नातक गर्दैछु। पहिलो सेमेस्टर सकेर अब इन्टर्नसिप गर्दैछु। मैले सन् २०२० मा काठमाडौं विश्वविद्यालयबाट स्नातक सकेको हुँ।
अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढ्न इच्छुक विद्यार्थीहरूका लागि आइडिपी निकै राम्रो कन्सल्टेन्सी हो। मैले यसबारे २०२१ को मध्यतिर भएको एडु-फेयरमा थाहा पाएँ। त्यहाँका कर्मचारीदेखि हरेक सल्लाहकारहरूले झन्झट नमानी विद्यार्थीहरूलाई प्रशिक्षण दिनुहुन्छ। सबैजना आ-आफ्नो क्षेत्रमा अपडेट हुनुहुन्छ। लामो समय विद्यार्थीहरूलाई अल्मलाएर राख्ने काम हुँदैन। काम छिटो र राम्रो हुनाले विदेश आउन इच्छुक नयाँ विद्यार्थीहरूलाई आइडिपी जान सल्लाह दिन्छु।
यहाँको अर्को राम्रो पक्ष भनेको कुन देश वा कुन विश्वविद्यालयका लागि निवेदन दिने भन्नेबारे अलमलमा भएका विद्यार्थीहरूलाई पनि आधारभूत तहदेखि बुझाउनुहुन्छ। यहाँबाट विद्यार्थीहरूले थुप्रै विकल्पहरू पाउन सक्नुहुन्छ।
अरुणा लम्साल (वर्ष २८)

आइडिपीसँग म सन् २०१८ को मध्यतिर जोडिएकी थिएँ। सूचना प्रविधिमा स्नातकोत्तरको यहाँ (अस्ट्रेलिया) आउन चाहन्थेँ। आइडिपीले राम्रो विश्वविद्यालय र छात्रवृत्तिहरू पनि मिलाइदिन्छ भन्ने बुझेपछि यही कन्सल्टेन्सी रोजेँ।
मैले फेडरेसन युनिभर्सिटी अस्ट्रेलियाबाट स्नातकोत्तर सकेकी छु। एक वर्ष विश्वविद्यालयमै बस्ने सुविधा र छात्रवृत्ति पाएकी थिएँ। सन् १०१९ को फेब्रुअरीमा इनटेक थियो भने २०२० को डिसेम्बरमा अन्तिम नतिजा प्रकाशन भएको हो। अहिले मेल्बर्नस्थित क्याब्रिन माल्भर्न अस्पतालको सूचना प्रविधि शाखामा कार्यरत छु। साथै पिआरको लागि पनि आवश्यक काम अघि बढिरहेको छ।
यहाँसम्मको यात्रा तय गर्न मलाई आइडिपीले निकै साथ दिएको छ। आइडिपीले आफ्नो विद्यार्थीहरूलाई सधैं परिवारको रूपमा लिन्छ। कलेजका दिनहरूमा हामीलाई कुनै गाह्रोसाह्रो नपरोस् भनेर विश्वविद्यालयमै आफ्नो प्रतिनिधिहरू राख्नुभएको छ। केही परे हामी ती प्रतिनिधिहरूसँग कुरा गर्न सक्छौं।
नयाँ कोही विद्यार्थी अस्ट्रेलिया आउन चाहनुभएको छ, उहाँहरूलाई आइडिपी जान सल्लाह दिन्छु। आइडिपीले हरेक प्रक्रियालाई त्यसको आधारभूत तहबाट बुझाउँछ। विभिन्न विश्वविद्यालयमा भएका छात्रवृत्तिबारे पनि भन्ने गर्छ।
अहिले अस्ट्रेलिया वा अन्य देशमा जान खोजिरहनुभएका विद्यार्थीलाई म आफूमा विश्वास गर्न भन्न चाहन्छु। नेपालमा गरेका हरेक कामको अनुभवले यहाँ उत्तिकै मूल्य राख्छ। त्यसैले आउनेबित्तिकै कुनै न कुनै कामको लागि निवेदन दिइरहनुस् भन्न चाहन्छु।
मोहित लाल श्रेष्ठ (वर्ष २४)

सन् २०२२ को फेब्रुअरीमा स्नातकोत्तरका लागि यहाँ (अस्ट्रेलिया) आएँ। अहिले युनिभर्सिटी अफ सिड्नीबाट कमर्स (वित्त र डेटा विश्लेषण) पढ्दै छु। सन् २०२३ को डिसेम्बरमा सकिन्छ।
अस्ट्रेलियासम्मको यात्रा तय गर्न आइडिपीले मलाई निकै मदत गर्यो। यहाँ आउनुअघि अस्ट्रेलियाको वातावरण, यहाँको विश्वविद्यालय, मैले रोजेको विषयमा विभिन्न शंका थियो जसलाई आइडिपीले सहज तरिकाले बुझाइदियो। मैले पढ्न खोजेको विषय र चाहेको वातावरण भएको विश्वविद्यालयसम्म पुर्याउन मदत गरेको छ।
आइडिपीले विद्यार्थीहरूलाई व्यवस्थित र सरल तरिकाले बुझाउने गर्छ। विद्यार्थीले रोजेको कुनै पनि विषयबारे पूरै जानकारी दिनुहुन्छ। साथै उक्त विषय पढिसकेपछि भविष्यमा के-कस्ता क्षेत्रमा संलग्न हुन सकिन्छ भन्ने पनि बुझाउँछ। नयाँ पुस्ता अस्ट्रेलिया वा अन्य देश जान खोजिरहनुभएको छ भने एक पटक आइडिपीमा गएर बुझ्न सल्लाह दिन्छु।
त्यस्तै विद्यार्थीहरू नयाँ देश जानुअघि आफ्नो उद्देश्य के हो भन्ने स्पष्ट भएर मात्रै जान आग्रह गर्छु। नयाँ देशमा पुगेपछि सुरूदेखि नै विभिन्न क्षेत्रमा इन्टर्नसिप वा कामको लागि निवेदन दिन सल्लाह दिन्छु। नयाँ मान्छे भेट्न सम्बन्ध विस्तार गर्नाले तपाईंलाई नै भविष्यमा सहज हुन्छ।
इमान पुन (२१):

म यहाँ (अस्ट्रेलिया) आएको एक महिना जस्तो भयो। अहिले मेलबर्नको हथोर्नमा छु। अस्ट्रेलियन स्कुल अफ द आर्टमा तीन वर्षे फेसन डिजाइनिङको कोर्स लिँदैछु। यहाँ फेसन डिजाइनिङ पढ्ने सम्भवतः म पहिलो नेपाली हुँ।
मेरो घर बुटवल हो। प्लस-टु सकेदेखि नै अस्ट्रेलिया आउने सपना थियो। यो सपना पूरा गर्न आइडिपीले निकै मदत गरेको छ। कानुनी कागजातहरू, मेडिकल, बायोमेट्रिकदेखि सबै प्रोसेसिङको ९० प्रतिशत काममा सहयोग गरेको छ। त्यो पनि कुनै अतिरिक्त शुल्कबिनै। मेरो अरू साथीहरू हुनुहुन्छ जसले कन्सल्टेन्सीले थप शुल्क लियो भन्नुहुन्छ। तर आइडिपीमा त्यस्तो छैन।
नयाँ कोही विद्यार्थी अस्ट्रेलिया वा अन्य देश जाने सोच्दै हुनुहुन्छ भने आइडिपीमार्फत निवेदन दिन सल्लाह दिन्छु। आइडिपीले मेरो अस्ट्रेलिया आउने सपना पूरा गरेको छ। एउटा परिवारको सदस्यलाई गर्ने हेरचाह र समर्थन जस्तै पाएको छु।

यसरी आइडिपीले कुनै पनि देश जानुअघि नै विद्यार्थीहरूलाई त्यहाँको वातावरणमा घुलमिल हुन सक्ने बनाउने आइडिपीका कन्ट्री निर्देशक अभिषेक श्रेष्ठ बताउँछन्।
‘विद्यार्थीहरू बाहिर जानुअघि प्रि-डिपार्चर सत्रहरू गर्छौं। यसले विद्यार्थीलाई नयाँ देशमा आत्मविश्वासका साथ प्रस्थान गर्न मदत गर्छ,’ कन्ट्री निर्देशक श्रेष्ठ भन्छन्, ‘हालसम्म हामीले विद्यार्थीबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं।’
उनका अनुसार अस्ट्रेलियामा आइडिपीका सदस्यहरू छन् जसले त्यहाँ पुगेका नेपाली विद्यार्थीलाई आवश्यकता अनुसार मदत गर्छन्।
आइडिपी नेपालले आगामी शुक्रबार, फागुन ५ गते ‘अस्ट्रेलियन एजुकेसन कन्क्लेभ’ गर्दैछ। कार्यक्रममा ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति हुनेछ।
(एड्भर्टोरियल)