एड्भर्टोरियल
तपाईंको घरको सुन्दरता किचनको सुन्दरतासँग धेरै हदसम्म जोडिन्छ। भान्सा सुन्दर मात्र भएर पुग्दैन। त्यो प्रयोग गर्न सजिलो हुनुपर्यो। ठाउँको राम्रोसँग प्रयोग भएको हुनुपर्यो।
अनि किचनमा जोडिएका सामान टिकाउ र किफायती हुनुपर्यो। तपाईंले सुपथ मूल्यमा किन्न सक्ने हुनुपर्यो।
एभ्रिघर (everyghar.com) ले तपाईंका आवश्यकता सुन्छ। प्राथमिकता बुझ्छ। हाम्रो अनुभवी टिमले सबै विषयमा तपाईंलाई खुलस्त सल्लाह दिन्छ र सही निर्णयमा पुग्न सहयोग गर्छ।
हामी तपाईंको आवश्यकता अनुसार किचन डिजाइन गर्छौं।
त्यस्तो डिजाइनले चार वटा कुरा सुनिश्चित गर्छ— सुन्दर, बलियो, दैनिक प्रयोग गर्न सजिलो र कम लागत।
हामी किचनमा युरोपियन कम्पनी फेबरका गुणस्तरीय चुलो र चिम्नी जोड्छौं, ताकि पछि गएर तपाईंलाई झमेला नहोस्। हामीले बनाएको किचनमा तीन वर्षको वारेन्टी दिन्छौं।

त्यसपछि पनि मर्मतको सेवा उपलब्ध गराउँछौं।
बजार बुझ्नुस्, हामीसँग किन्नुहोस्। मूल्य र गुणस्तरको ग्यारेन्टी हाम्रो जिम्मा। एक पटक हैन, हामी तपाईंसँग सधैंका लागि जोडिन चाहन्छौं।
मोडुलर किचनका विशेषताहरू के के छन्?
हेर्दा आकर्षक र सफा देखिनुका साथै मोडुलर किचन प्रयोग गर्न पनि एकदमै सजिलो हुन्छ।
मोडुलर किचनमा बेग्लै स्ल्याब आवश्यक पर्दैन। यसको तल्लो तहमा छुट्टा–छुट्टै बाकस हुन्छन्। यस्तो बाकसको माथिल्लो भागमा ग्रेनाइटले सतह मिलाइन्छ।
यो किचनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि मिल्छ। अलग-अलग बाकस जोडेर बनाइने हुँदा खोलखाल पारेर अर्को ठाउँमा सजिलै फिट गर्न सकिन्छ। त्यसैले लामो समय भाडामा बस्नेहरूले पनि यस्तो किचन बनाउन सक्छन्। पछि आफ्नो घर सर्न परे लगे भइहाल्यो।
.jpg)
त्यस्तै यो किचनको कुनै बाकस वा कुनै भाग बिग्रियो वा भत्कियो भने पूरै भत्काउनु पर्दैन। त्यो बिग्रिएको घर्रा, बाकस वा ठाउँमा मात्रै फेर्न मिल्छ।
यो किचनमा आफूलाई चाहिए अनुसार कप राख्ने, प्लेट राख्ने, पकाउने भाँडा राख्ने, भान्सामा प्रयोग भइरहने सामान राख्ने, कहिलेकाहीँ प्रयोग हुने सामान राख्ने अलग-अलग घर्रा बनाउन मिल्छ।
अनि किचनबाट निस्कने फोहोर सजिलै राख्न मिल्ने डब्बा पनि हुन्छ। यो डब्बा बाहिरबाट नदेखिने गरी बनाइन्छ।
हामीसँग सम्पर्क गर्नुहोस्, तपाईंको आवश्यकता अनुसार कम मुल्यमा, बलियो र सुन्दर मोडुलर किचन बनाउनुहोस्।
हाम्रो वेबसाइट।
हाम्रो फेसबुक लिंक।
सम्पर्क नम्बरः 9841223040
एभ्रिघरका अन्य सेवाहरूः
पार्केटिङ

काठका सिँढी

घर मर्मत
