सरकारले उपत्यकाका विभिन्न ठाउँमा नयाँ सहर बनाउने बनाउने भनेर निर्णय गरेसँगै उपत्यका विकास प्राधिकरणले उक्त स्थानहरुमा जग्गा कित्ताकाट गर्न रोक लगाउने निर्णय गरेको छ।
नयाँ सहर बन्ने ठाउँमा जग्गा एकिकरण गरी सहरी संरचना निर्माण पछि मात्र त्यसरी कित्ताकाट गर्नपर्ने भन्दै प्राधिकरणले रोक लगाएको थियो। तर निश्चित सिमा भन्दामाथिका जग्गा भने कित्ताकाट गर्न उक्त निर्णयले कुनै असर गर्ने उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले बताएका छन् ।
तिवारीका अनुसार त्यस्ता क्षेत्रमा आठ आनाभन्दा बढी जग्गा कित्ताकाट गर्न र खरिद बिक्री गर्न पाइन्छ। त्यस्तै त्यो भन्दा सानाआकारका जग्गापनि कित्ताकाट गर्न पाइन्छ तर त्यसको लागि प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै भूकम्प पीडितहरुको लागि बनाउनु पर्ने घर तथा उनीहरुले घर बनाउन आवश्यक जग्गाको लागि प्राधिकरणको निर्णय बाध्यकारी नहुने व्यवस्था गरिएको तिवारीले जानकारी दिए।
सरकारले गएको बैशाख २५ मा उपत्यकाका विभिन्न चार स्थानमा नयाँ सहर बनाउने निर्णय गरेको थियो। एक लाख रोपनी क्षेत्रफलमामुलपानी क्रिटेक मैदानदेखि बोडे निक्लने बाटो, निलबाराही त्यहाँबाट भक्तपुर जाने बाटो, खरिपाटी सैनिक ब्यारेकलाई बाहिर राखेर शालीनदी, साँखु हुँदै क्रिकेट मैदानसँगै जोडिनेगरी चार किल्लातोकेर सहर निर्माणको घोषणा गरेको छ।
त्यस्तै भक्तपुको क्षेत्रमा १० हजार रोपनी क्षेत्रफलमाबालकोट, उत्तरमा अरनिको राजमार्ग, सुर्यविनायक,दक्षिणमा सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवाहुँदै खहरेसम्मको क्षेत्रलाई समेटेर सहर निर्माण हुने छ।
काठमाडौंको पश्चिमउत्तरी क्षेत्रमा क्षेत्रमा फैलिएर १० हजार रोपनी क्षेत्रमाबन्ने सहरको लागिटोखाको मूल सडक, ग्रिनल्यान्ड बाइपास, फुलबारी तारकेश्वर, महादेव खोलाहुँदै टोखा रोडमै जोडिने चार किल्लानिर्धारण गरिएको छ।
त्यस्तै ललितपुरको दक्षिण क्षेत्रमापहिलेको सैबु, भैसेपाटी गाविस हुँदै बागमतिको झोलुंगे पुललाई सिमानामानेर सहर निर्माणहुने छ।