सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन्।
सोमबार राति प्रकाशित मतपरिणाम अनुसार प्रतिद्वन्द्वी प्रकाश उप्रेतीलाई १७ मतले पराजित गर्दै रावत अध्यक्षमा निर्वाचित भएका हुन्। रावतले १हजार ६ सय ५१ मतमध्ये रावतले ८ सय १० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी उप्रेतीले ७सय ९३ मत प्राप्त गरेका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा उप्रेती प्यानलका हर्षविक्रम खड्का विजयी भएका छन्। खड्काले ७ सय ८९ मत ल्याए भने रावत प्यानलका बासुदेव शर्माले ७७४ मत प्राप्त गरे। वाणिज्य उपाध्यक्षमा रावत प्यानलका दीपेन्द्र ढकाल विजयी भएका छन्। ढकालले ७७३ मत प्राप्त गरे भने उप्रेती प्यानलका प्रवल शाहीले ७६४ मत प्राप्त गरे।
यस्तै उद्योग उपाध्यक्षमा उप्रेती प्यानलका गणेशकुमार बस्नेत विजयी भएका छन्। बस्नेतले ८ सय ५ मत प्राप्त गरेर विजयी भए। रावत प्यानलका हरि विष्टले ७२४ मत प्राप्त गरे। महिला उपाध्यक्षमा रावत प्यानलकी कृष्णाकुमारी थापा विजयी भएकी छन्। थापाले ७६६ मत प्राप्त गरिन् भने उप्रेती प्यानलका वसन्तीकुमारी बस्नेत (एकता)ले ७४७ मत प्राप्त गरिन्।
महासचिवमा रावत प्यानलका लक्ष्मण कँडेल विजयी भए। कँडेलले ८८७ मत प्राप्त गरे भने उप्रेती प्यानलका कलाधर उपाध्याय (केदार)ले ७४८ मत प्राप्त गरे। कोषाध्यक्षमा रावत प्यानलका भद्र भण्डारी विजयी भए । भण्डारीले ८०६ मत प्राप्त गरे । उप्रेती प्यानलका गोविन्द पाण्डेले ७३० मत ल्याए । सचिवमा रावत प्यानलका रामप्रसाद पाण्डेले ७६५ मत ल्याएर विजयी भए भने उप्रेती प्यानलका शिवराज जैसी (अधिकारी)ले ७५५ मत प्राप्त गरे।
दुई महिला सदस्य उप्रेती प्यानलबाट विजयी भएका छन् । उप्रेती प्यानलका टीकाकुमारी कँडेल र लक्ष्मी कार्की प्रधान विजयी भए । कँडेल र कार्कीले समान ७१८ मत प्राप्त गरे। रावत प्यानलका यमुनाकुमारी सापकोटाले ६८९ र रोजिता कार्कीले ६७२ मत प्राप्त गरे।
२२ सदस्यीय कार्यसमितिको सदस्यहरुमा रामप्रसाद जैसी (राजु), प्रेमप्रसाद पाण्डे, कपिलमणि सुवेदी, रमेश बराल, जनकबहादुर थापा, हरिकुमार श्रेष्ठ, रामबहादुर गौतम, दिपक खड्का, सिंहराज बम, तेजप्रसाद तिवारी, प्रेमबहादुर रावत र भिमप्रसाद पौडेल निर्वाचित भएका छन्।