‘१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ।
शुक्रबारदेखि जारी उक्त मेला मंगलबार (भोलि) सकिने छ।
देशभरका सबै साना उद्योगहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो।
मेलाले नेपालको लघु उद्योग प्रवर्द्धन गर्न फलदायी हुने नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक मोहन कटुवालले विश्वास व्यक्त गरेका छन्।
मेलामा करिब २ सय वटा स्टल रहेका छन्। देशभरका साना र मझौला उद्यमीहरूले उत्पादन गरेको वस्तुहरू मेलामा राखिएको पनि संयोजक कटुवालले जानकारी दिए।
मेलामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका देशहरूको पनि सहभागिता रहेको छ।
मेलाबाट करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। १ लाख ५० हजारभन्दा बढीले मेला अवलोकन गर्ने अनुमान छ।











