अर्थमन्त्री युवराज खतिवडाले भन्सार कार्यालयहरूमा कडा निगरानी राख्ने बताएका छन्।
अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयलाई पारदर्शी बनाउन सहयोग गर्न उद्योगी, व्यवसायीहरूलाई पनि आग्रह गरे।
बिहिबार काठमाडौंमा उद्योगी, व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भन्सार जाँचमा हेल्चक्रयाईं भएकै कारण कालोबजारी हुने गरेको पनि स्मरण गराए।
अर्थमन्त्री खतिवडाले भन्सार विन्दुहरूमा देखिएका समस्या छिट्टै समाधान हुने आश्वासन पनि दिए। भन्सार कार्यालयहरूको सेवालाई सहज बनाउन उच्चस्तरीय अनुगमनको कामलाई तीव्रता दिने मन्त्री खतिवडाको योजना छ।
अर्थमन्त्री खतिवडाले भन्सार नाकाको कार्यलाई सहज बनाउन सरकारले उचित सुरक्षाको व्यवस्था गर्न लागेको पनि जानकारी दिए।
https://www.youtube.com/watch?v=R0o1HT79F6U&feature=youtu.be