नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारीक ट्रेड युनियनका अध्यक्ष श्रवनकुमार यादवले विमानस्थलका कर्मचारीहरुलाई आन्दोलन गर्न उक्साएका छन्। प्राधिकरणको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले त्यहाँका कर्मचारीलाई आन्दोलन गर्न हौसला दिएका हुन्।
पर्यटन मन्त्रालयका सचिव, प्राधिकरणका महानिर्देशककै अगाडि उनले आफूहरु स्थायी मजदुर भएको र आउट सोर्सिंङबाट आएका विमानस्थलका कर्मचारीले आन्दोलन गर्नुपर्ने त्यसमा आफूहरु साथ दिन तयार रहेको बताए।
‘ठेकेदारी(आउटसोर्सिङ)बाट राखिएका कर्मचारीलाई करार बनाउनुपर्छ भनेर हामीले लामो संघर्ष ग¥यौै’ उनले भने,‘तर हामीले भनेको कसैले सुनुवाई गरेन अब तपाईहरु आन्दोलन गर्नुहोस हामी साथ दिन्छौं।’
विमानस्थलमा आउटसोर्सिङबाट कामदारहरु राखिएको छ उनीहरुले करार बनाउनुपर्ने भन्दै पहिले पनि आन्दोलन गरेका थिए।
प्राधिकरण संचालक बाेर्ड अध्यक्षसमेत रहेको पर्यटन सचिव महेश्वर न्यौपानेले कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएपनि उग्र भएर प्रस्तुत हुन कसैलाई छुट नभएको चेतावनी दिए।