नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।